नेपालगन्ज ६ फागुन : नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज स्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो ।
कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरेकोछ ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा भएको छैन यद्यपी अनुसन्धानबाट खुल्ने प्रहरीले बताएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?