नेपालगन्जको बाणिज्य बैंकमा तोडफोड गर्ने सञ्जु पक्राउ


नेपालगन्जको बाणिज्य बैंकमा तोडफोड गर्ने सञ्जु पक्राउ

नेपालगन्ज ६ फागुन : नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज स्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरेकोछ ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा भएको छैन यद्यपी अनुसन्धानबाट खुल्ने प्रहरीले बताएकोछ ।