फत्तेपुरका धनबहादुरलाई बाघले खायो


फत्तेपुरका धनबहादुरलाई बाघले खायो

नेपालगन्ज ७ फागुनः बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघ गणनाको काम चलिररहेकोछ । बाघ गणना चलिरहँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरमा बाघले फेरी मान्छेलाई आक्रमण गरेको छ ।

राप्तीसोनार गाउँपालिका– ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो ।

करिव महिनाअघि पनि वडा नम्बर–६ कै २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।

बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्तीसोनारी–६ का स्थानीय बासिन्दा प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिव–५ सय मिटर जंगल भित्र लगेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँबाट ठुलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको छ । उनले भने, ‘अहिले हामी घटनास्थलमै छौं, शव पनि फेला परिसकेको छ, बाघ अहिले जंगलतिर भागेको छ ।’ सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो ।

दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५÷३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरी मान्छे मारेको पुष्टी गरिसकेको छ ।