कोहलपुर र दाङमा सडक दुर्घटना हुदाँ २ जनाको मृत्यु, लमही तनावग्रस्त

ड्युटीमै रहेकी महिला प्रहरी हवल्दार वासमतीले भागेर ज्यान जोगाइन


कोहलपुर र दाङमा सडक दुर्घटना हुदाँ २ जनाको मृत्यु, लमही तनावग्रस्त

नेपालगन्ज ९ फागुन : बाँकेको कोहलपुर र दाङको घोराहीमा भएको छुट्टा छुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएकोछ ।

बाँकेको कोहलपुर चौराहामा गएराती करिब १० बजे ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ । भने घोराहीको गोग्ली नजिकै सोमबार बिहान भानपुर चोकमा दुई वटा बाइक एकापसमा ठोक्किँदा अर्जुन खड्काको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गएराती करिव १० बजेतिर कोहलपुर चौराहमा ड्युटीमा रहेकी ३६ बर्षिया महिला प्रहरी कविता बिसीको मृत्यु भएको छ । ना ३ ख ६४३६ नम्बरको ट्रक चौराहामा अनियन्त्रित भएर पल्टिदा ट्रकको पछाडीको भागले सडक किनारामा उभिएकी कवितालाई किचेको थियो ।

दुर्घटनामा परेको ट्रकले किचेर महिला प्रहरी कविताको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो क्रममा सँगै ड्युटीमा रहेकी महिला प्रहरी हवल्दार वासमती चौधरीले भने भागेर ज्यान जोगाएको डिएसपी खनालले बताए । मृतक कविता प्युठान नगरपालिका वडा नम्बर– २ चितिखोला निवासी हुन् । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घोराहीको गोग्ली नजिकै सोमबार बिहान भानपुर चोकमा दुई वटा बाइक एकापसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।

यस्तै सोमबार विहान दाङ घोराहीको गाग्ली नजिकै भानपुर चोकमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा घोराही उपमहानगरपालिका कुइरेपानीका अन्दाजी २१ वर्षीय अर्जुन खड्का ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घोराहीदेखि लमही जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएका थिए । ठोक्किएपछि घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खड्का उछिट्टिएर लमहीतर्फ जाँदै गरेको टिप्परमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका थिए ।

दाङ प्रहरी प्रमुख काफ्लेका अनुसार गम्भीर घाइते खड्काको उपचारकै क्रममा ज्यान गएको हो ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक खड्काका आफन्तलगायत स्थानीयले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै यतिबेला घोराही–लमही सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधन बाटोमै रोकिएका छन् ।

दाङका ट्राफिक प्रहरी प्रमुख काफ्लेका अनुसार पीडित पक्ष र सरोकारवालाबीच छलफल भैरहेको छ । दुई पक्षबीच सहमति भएपछि सडक खुल्ने उनले बताए ।