नेपालगन्ज ९ फागुन : लागूऔषधसहित बाँके र दाङबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत अली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् ।
उनीहरुलाई बाँके र दाङका छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । दाङ तुलसीपुरका विकलाई उनकै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै बाँके नेपालगन्जका अलि र अर्का १८ वर्षिय किशोरलाई ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेकोछ । दाङबाट पक्राउ परेका विक लागुऔषध कारोबारी र बाँकेबाट पक्राउ परेका १८ वर्षिय किशोर तथा अली लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी