शुक्रबार बेलुकीबाट नेपालगन्ज नाका बन्द


शुक्रबार बेलुकीबाट नेपालगन्ज नाका बन्द

File Photo

नेपालगन्ज १२ फागुन : नेपाल–भारत सीमानाका बन्द गरिने भएकोछ । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते हुने विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका बन्द गरिन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित नेपाल–भारत सीमानाका जमुनाह भोली शुक्रबार बेलुका ६ बजेदेखि फागुन १६ गतेसम्मका लागि बन्द हुने भएको छ ।

भारतमा विधानसभाको निर्वाचन आईतवार हुदैछ । त्यसका लागि नेपालको बाँकेसँग जोडिएका सीमानाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिन लागेको बाँके प्रहरीले बतायो ।

‘फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट यही फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि बाँकेको सीमानाका पूर्ण रुपमा बन्द गरिनेछ’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

डिएसपी न्यौपानेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका ६० घण्टासम्म बन्द गरिनेछ । सवारी साधन र पैदल यात्रु आवतजावत समेत पूर्ण रोक लगाइने छ ।

उनले अगाडी थपे–‘आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई आवागमनको छुट दिइएको छैन, त्यही अनुसार दुवैदेशले सुरक्षा प्रबन्ध मिलाएका छौं ।’

उता भारतीइ सीमापारी भारतको रुपैडिहा थानाका अनुसार भारतीय निर्वाचन आयोगको निर्देशन बमोजिम ६० घण्टाका लागि सीमानाका पूर्णरुपमा बन्द गरिने छ ।

दुबै देशका सुरक्षा अधिकारीहरुले आ–आफ्नो देशका नागरिकलाई सो बारेमा अग्रिम जानकारी दिने कार्य विभिन्न माध्यमबाट गरिरहेकोले सीमानामा कुनै समस्या नहुने पनि दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच लगायतको सुरक्षा कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।

यस्तै निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्तीमा समेत सुरक्षालाई थप चुस्त बनाइएको बताइएकोछ ।