३ किलो चरेससहित ३ जना पक्राउ


३ किलो चरेससहित ३ जना पक्राउ

नेपालगन्ज १२ फागुन : बाँकेमा तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन् ।

चरेस बोकेर भारततर्फ गइरहेका बेला जमुनाहा नाकाबाट ईलाका प्रहरी कार्यालय, जमुनाहा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सुर्खेत सिम्ता–४ का ४० वर्षीय वीरेन्द्र हमाल, सोही ठाउँकी ३८ वर्षीया दीपा बुढा र जाजरकोट निवासी २३ वर्षीया खिमा खत्रीलाई पक्राउ गरेको हो ।

दुई महिलाले बोकेको झोलामा कालो प्लास्टिकले बेरेर चरेस राखिएको थियो ।

बिहीबार दिउँसो २ बजेतिर जमुनाहा नाका हुँदै भारततर्फ शंकास्पद तरिकाले जाँदै गरेका उनीहरुलाई सोधपुछ गरेर चेकजाँच गर्ने क्रममा महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरिएको अवस्थामा उक्त चरेश फेला पारिएको हो ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने चरेस नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ ।