नेपालगन्ज १७ फागुन : नेपालगन्ज–गुलरिया हुलाकी सडक अन्तरगत बाँकेको खजुरा बजारमा राखिएको शंकास्पद बस्तु बम नरहेको पाइएकोछ ।
खजुराको मनकमना चोकमा राखिएको उक्त प्रेसर कुकरमा रातो अक्षरले नो एमसीसी लेखिएको थियो । एमसीसीको विरोधमा देशभर प्रेसर कुकर फेला परेपछि उक्त शंकास्पद बस्तु बम हुनसक्ने अनुमान गरिएको थियो ।
हालै पृथ्विचोक नामाकरण गरिएको मनकामना चोकमा अज्ञात समूहले ‘नो एमसीसी’ लेखेर राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेपछि बम नरहेको पुष्टि भएको हो ।
मङ्गलबार बिहान ७ बजे उक्त चोकमा रहेको राष्ट्रिय झण्डामुनी छोपेर राखिएको अवस्थामा प्रेसर कुकर स्थानीयले देखेपछि बम हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए ।
लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे उक्त बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुसुदन न्यौपानेले चोकमा रहेको राष्ट्रिय झण्डामुनी राखिएको उक्त बस्तु बम नभएको बताए । ‘तार र हुक प्रयोग गरिएको उक्त प्रेसर कुकर बम रहेनछ’ उनले भने– ‘सेनाले डिस्पोज गरेपछि सडक पुनः सुचारु भएकोछ । घटनाको अनुसन्धान जारीछ ।’
बम राखिएपछि नेपालगन्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अबरुद्ध भएको थियो ।
नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण ईमामनगर राँझा ब्यारेकबाट सुबेदार थानेश्वर पोखरेलको नेतृत्वमा पुगेको टोलीले बम निष्कृय पारेको थियो । सो टोलीले बिहान ११ः४ मिनेटमा उक्त बस्तु डिस्पोज गरेको हो ।
खजुरा बजारमा बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसंगै बिहानैदेखि अबरुद्ध भएको नेपालगन्ज–गुलरिया सडक पुनः सुचारु भइसकेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?