अटोमेटिक पेस्तोल सहित ३ जना पक्राउ


अटोमेटिक पेस्तोल सहित ३ जना पक्राउ

नेपालगन्ज १८ फागुन : बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेकोछ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४, राप्ती पुल नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार राती ९ बजेतिर बाँकेको राप्ती नदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा अटोमेटिक पेस्तोससहित ३ जनालाई नियन्त्रणमा लिएको बताएकोछ ।

अटोमेटिक पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१२ बेलासपुर निवासी २८ वर्षिय दीपेन्द्र अधिकारी, नेपालगन्ज–१८ कारकाँदो निवासी २२ वर्षिय शुसान्त केसी र लम्कीचुहा नगरपालिका–३ कैलालीका ३२ वर्षिय द्वारीका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

बुधबार विहान जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीले उनीहरुका साथबाट मेडईन यूएस लेखिएको अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलमा लोड गरिएको ७ थान गोली, उक्त पेस्तोलमा प्रयोग हुने २ थान गोली, खुँडा एक थान र २ थान नक बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डिएसपी न्यौपानले ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोलिले राप्तीपुल नजिक नेपालगन्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी चेकजाँच गर्नेक्रममा उक्त हतियार बरामद भएको बताए ।

गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको बाँया तर्फको सिटको सिट कभर भित्र अटोमेटिक पेस्तोल लुकाएको अवस्थामा भेटिएको थियो । सो गाडी पक्राउ परेका नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर– १८ बस्ने सुशान्त केसीले चलाएका थिए ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर थपअनुसन्धान अघि बढाएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार पक्राउ परेका तीनैजनामाथि मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार जरिवाना हुने ब्यवस्थाछ ।