संखुवासभा बस दुर्घटना : १४ जनाको मृत्यु, ५ जना घाईते


संखुवासभा बस दुर्घटना : १४ जनाको मृत्यु, ५ जना घाईते

नेपालगन्ज २६ फागुन : संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको थियो ।

दुर्घटना स्थलबाट १४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छ भने ५ जना घाइतेलाई उपचारका लागि सदरमुकार चैनपुर अस्पताल लगिएको छ । 

प्रहरीका अनुसार २ वर्षे बच्चा गाडीमा च्यापिएको अवस्थामा रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।

दुर्घटनामा परेको बसको छतसहितको भाग टुक्राटुक्रा अवस्थामा रहेको छ । सिट र पाङ्ग्रामात्र देखिने अवस्थामा रहेको छ । प्रारम्भिक अनुसन्धानबाट सात घुम्तीमा गाडी नमोडी सिधै खसेको देखिन्छ । उक्त मोडबाट बस करिब ५० मिटर तल बजारिएको थियो । जहाँ ११ वटा शव फेला परेको छ । भने पुनः उक्त बस करिब ३ सय मिटर जति तल खसेको थियो । केही यात्रु उछिट्टिएर घाइते भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले घटनाको थप विवरण संकलनको कार्य जारी रहेको बताएका छन् ।

यसैबीच, बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो ।

उनले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको यथाशीघ्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन् ।

‘मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ । चैनपुरबाट हेलिकप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।