तुलसीपुरका विकास ८ सय क्याप्सुल ट्रमाडोलसहित जमुनाहबाट पक्राउ


तुलसीपुरका विकास ८ सय क्याप्सुल ट्रमाडोलसहित जमुनाहबाट पक्राउ

नेपालगन्ज ५ चैत्र : भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दाङ तुलसीपुरका विकास विक लागुऔषधसहित पक्राउ परेकाछन् ।

ठूलो मात्रामा लागुअ‍ैषध लिएर भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दाङ तुलसीपुर–१८ निवासी २२ वर्षिय विकास विकलाई जमुनाह प्रहरीले पक्राउ गरेको हो ।

जमुनाहा प्रहरी ईन्चार्ज मीन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले बिकलाई शनिवार बिहान ११ बजे ८ सय क्याप्सुल लागूऔषध ट्रमाडोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकोछ ।

सीमा नाका जमुहनाहबाट शंकास्पद रुपले नेपालगन्ज आउँदै गरेका बिकलाई चेकजाँच गर्नेक्रममा बेल्टभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले ८० फाइल (८ सय क्याप्सुल) लागूऔषध ट्रमाडोल बरामद गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

लागूऔषधसहित नियन्त्रणमा रहेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।