नेपालगन्ज ५ चैत्र : भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दाङ तुलसीपुरका विकास विक लागुऔषधसहित पक्राउ परेकाछन् ।
ठूलो मात्रामा लागुअैषध लिएर भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दाङ तुलसीपुर–१८ निवासी २२ वर्षिय विकास विकलाई जमुनाह प्रहरीले पक्राउ गरेको हो ।
जमुनाहा प्रहरी ईन्चार्ज मीन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले बिकलाई शनिवार बिहान ११ बजे ८ सय क्याप्सुल लागूऔषध ट्रमाडोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकोछ ।
सीमा नाका जमुहनाहबाट शंकास्पद रुपले नेपालगन्ज आउँदै गरेका बिकलाई चेकजाँच गर्नेक्रममा बेल्टभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले ८० फाइल (८ सय क्याप्सुल) लागूऔषध ट्रमाडोल बरामद गरेको हो ।
लागूऔषधसहित नियन्त्रणमा रहेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग