२ थान रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ


२ थान रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ

नेपालगन्ज ६ चैत्र : नेपालगन्जको छुट्टाछुट्टै स्थानबाट २ किलो चरेस र रेडपाण्डाको छालासहित ६ जना पक्राउ परेकाछन् ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज पुष्पलाल चोकस्थित एक होटलबाट दुई किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो । भने नेपालगन्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ परेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

चरेससहित पक्राउ पर्नेमा कालिकोटका प्रविण शाही र नेपालगन्जका राज कार्की रहेका छन् ।

यस्तै रेड पाण्डाको छालासहित पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।