नेपालगन्ज ६ चैत्र : नेपालगन्जको छुट्टाछुट्टै स्थानबाट २ किलो चरेस र रेडपाण्डाको छालासहित ६ जना पक्राउ परेकाछन् ।
बाँके प्रहरीका अनुसार नेपालगन्ज पुष्पलाल चोकस्थित एक होटलबाट दुई किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो । भने नेपालगन्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ परेकाछन् ।
चरेससहित पक्राउ पर्नेमा कालिकोटका प्रविण शाही र नेपालगन्जका राज कार्की रहेका छन् ।
यस्तै रेड पाण्डाको छालासहित पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग