File Photo
नेपालगन्ज १० चैत्र : दक्षिण एशियामा नम्बर एक क्लब च्याम्पियनशीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ बिहीबारदेखि नेपालगन्जमा आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुरु भएकोछ ।
प्रतियोगिता आयोजनाले खेलाडीमा नयाँ जोस र जाँगर समेत थपेकोछ । नेपालगन्जमा २०७० सालबाट शुरु भएको प्रधानमन्त्री कपको आठौं संस्करण बिहीबारदेखि शुरु भएको हो ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र भइरहेको उक्त प्रतियोगितामा दुई भारतीयसहित कुल ६ वटा टिमले सहभागीता जनाएकाछन् ।
यसपटक प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहेकोछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।
पिएम कपको आठौं संस्करण सम्म आइपुग्दा पहिलोपटक विभागीय टिम एपीएफले सहभागिता जनाएको छैन । महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपटक जितिसकेकोछ । तर, आजदेखि शुरु भएको आठौं संस्करणमा साविक विजेता समेत रहेको एपीएफ सहभागी भएन । कारण थियो एपीएफका अधिकांश मुख्य खेलाडी चोटग्रस्त हुनु । प्रधानमन्त्री कपको दोस्रो, पाँचौं र सातौं संस्करणमा एपीएफ च्याम्पियन बनिसकेकोछ ।
विभागीय एपीएफको उपस्थिती विना यसपटकको पिएम कपमा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मैदानमा छन् । यस्तै न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब मैदानमा छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।
त्यसो त विभागी क्लबलाई भलिबलमा सधैं टक्कर दिने टिम हो, न्यू डायमण्ड एकेडेमी । जसको नेतृत्व चर्चित खेलाडी ललिता नाथले गरिरहेकी छन् ।
न्यू डायमण्डले प्रधानमन्त्री कपको आठौं संस्करणलाई निकै चासोका साथ हेरिरहेको छ । सधैं उत्कृष्ट प्रस्तुतीका साथ विभागीय टिमलाई कडा टक्कर दिदैं उपाधि नजिक पुगेर पनि अवसर गुमाउँदै आएको न्यू डायमण्ड यसपटक उपाधी जित्ने दाउमा रहेकोछ ।
पटक–पटक हुने प्रतियोगितामा सधैं बाधकको रुपमा रहेको विभागीय टिम एपीएफले पिएम कपमा उपस्थित नजनाएपछि यसपटक न्यू डायमण्ड एकेडेमीले उपाधी जित्न सक्ने आँकलन गरिएकोछ ।
न्यू डायमण्ड एकेडेमीकी कप्तान ललिता भन्छिन्, ‘आफ्ना कमीकमजोरीलाई चिर्दै उपाधी जित्ने दाउँमा छौं । उपाधी जित्नु मात्र ठूलो कुरा होइन, टिममा रहेर उत्कृष्ट खेल प्रस्तुती गर्नुतर्फ पनि हाम्रो मुख्य ध्यायन रहनेछ ।’
यसअघि पिएम कपमा भएका प्रस्तुती र कमीकमजोरीलाई हटाएर आएका छौं, आशा एवम् विश्वास छ, नेपालगन्जमा हामीले आफ्नो जित सुनिश्चित गर्नेछौं ।’
त्यसो त नेपाली भलिबल क्षेत्रको कुरा गर्दा न्यू डायमण्ड एकेडेमीको गर्वीलो ईतिहास् छ । नेपाली महिला भलिबल क्षेत्रमा उदयमान नभनौं किर्तीमान कायम गर्न कम्मर कसेको न्यू डायमण्ड एकेडमी नेपाली लाखौं किशोरीका लागि ढुकढुकी हो, एउटा उत्कृष्ट उदाहरण हो, आर्दश पात्र हो । साना कद, उर्जावान क्षमताका साथ हरेक खेलमा नयाँ खेल खेल्ने न्यू डायमण्डका किशोरीहरुका अगाडी वयस्क अझ विभागीय टिमका खेलाडीहरुलाई सधैं हम्मे हम्मे पर्छ ।
महिला टोलीले साग ईतिहासमा पहिलो पटक रजत पदक जितेको थियो जहाँ न्यू डायमण्ड एकेडेमीबाट उत्पादन भएका खेलाडीको सहभागिता रहेको थियो ।
यसैवर्ष पुष ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’को उपाधी नेपाली महिला भलिबले हात पार्यो । उपाधी जित्न न्यू डायमण्ड एकेडेमीकै खेलाडीको साथ महत्वपूर्ण बन्यो ।
फागुन अन्तिम साता भएको कर्पाकेली पुन युवा क्लबद्वारा आयोजित लोकबहादुर पुन स्मृति राष्ट्रिय महिला भलिबलको उपाधी जितेको न्यू डायमण्ड एकेडेमीले आठैं पिएम कपको उपाधी जित्ने सन्देश दिएको ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’