विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा


विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा

File Photo

नेपालगन्ज १० चैत्र : दक्षिण एशियामा नम्बर एक क्लब च्याम्पियनशीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ बिहीबारदेखि नेपालगन्जमा आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुरु भएकोछ ।

प्रतियोगिता आयोजनाले खेलाडीमा नयाँ जोस र जाँगर समेत थपेकोछ । नेपालगन्जमा २०७० सालबाट शुरु भएको प्रधानमन्त्री कपको आठौं संस्करण बिहीबारदेखि शुरु भएको हो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र भइरहेको उक्त प्रतियोगितामा दुई भारतीयसहित कुल ६ वटा टिमले सहभागीता जनाएकाछन् ।

यसपटक प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहेकोछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पिएम कपको आठौं संस्करण सम्म आइपुग्दा पहिलोपटक विभागीय टिम एपीएफले सहभागिता जनाएको छैन । महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपटक जितिसकेकोछ । तर, आजदेखि शुरु भएको आठौं संस्करणमा साविक विजेता समेत रहेको एपीएफ सहभागी भएन । कारण थियो एपीएफका अधिकांश मुख्य खेलाडी चोटग्रस्त हुनु । प्रधानमन्त्री कपको दोस्रो, पाँचौं र सातौं संस्करणमा एपीएफ च्याम्पियन बनिसकेकोछ ।

विभागीय एपीएफको उपस्थिती विना यसपटकको पिएम कपमा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मैदानमा छन् । यस्तै न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब मैदानमा छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।

त्यसो त विभागी क्लबलाई भलिबलमा सधैं टक्कर दिने टिम हो, न्यू डायमण्ड एकेडेमी । जसको नेतृत्व चर्चित खेलाडी ललिता नाथले गरिरहेकी छन् ।

न्यू डायमण्डले प्रधानमन्त्री कपको आठौं संस्करणलाई निकै चासोका साथ हेरिरहेको छ । सधैं उत्कृष्ट प्रस्तुतीका साथ विभागीय टिमलाई कडा टक्कर दिदैं उपाधि नजिक पुगेर पनि अवसर गुमाउँदै आएको न्यू डायमण्ड यसपटक उपाधी जित्ने दाउमा रहेकोछ ।

पटक–पटक हुने प्रतियोगितामा सधैं बाधकको रुपमा रहेको विभागीय टिम एपीएफले पिएम कपमा उपस्थित नजनाएपछि यसपटक न्यू डायमण्ड एकेडेमीले उपाधी जित्न सक्ने आँकलन गरिएकोछ ।

न्यू डायमण्ड एकेडेमीकी कप्तान ललिता भन्छिन्, ‘आफ्ना कमीकमजोरीलाई चिर्दै उपाधी जित्ने दाउँमा छौं । उपाधी जित्नु मात्र ठूलो कुरा होइन, टिममा रहेर उत्कृष्ट खेल प्रस्तुती गर्नुतर्फ पनि हाम्रो मुख्य ध्यायन रहनेछ ।’
यसअघि पिएम कपमा भएका प्रस्तुती र कमीकमजोरीलाई हटाएर आएका छौं, आशा एवम् विश्वास छ, नेपालगन्जमा हामीले आफ्नो जित सुनिश्चित गर्नेछौं ।’

त्यसो त नेपाली भलिबल क्षेत्रको कुरा गर्दा न्यू डायमण्ड एकेडेमीको गर्वीलो ईतिहास् छ । नेपाली महिला भलिबल क्षेत्रमा उदयमान नभनौं किर्तीमान कायम गर्न कम्मर कसेको न्यू डायमण्ड एकेडमी नेपाली लाखौं किशोरीका लागि ढुकढुकी हो, एउटा उत्कृष्ट उदाहरण हो, आर्दश पात्र हो । साना कद, उर्जावान क्षमताका साथ हरेक खेलमा नयाँ खेल खेल्ने न्यू डायमण्डका किशोरीहरुका अगाडी वयस्क अझ विभागीय टिमका खेलाडीहरुलाई सधैं हम्मे हम्मे पर्छ ।

महिला टोलीले साग ईतिहासमा पहिलो पटक रजत पदक जितेको थियो जहाँ न्यू डायमण्ड एकेडेमीबाट उत्पादन भएका खेलाडीको सहभागिता रहेको थियो ।

यसैवर्ष पुष ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’को उपाधी नेपाली महिला भलिबले हात पार्यो । उपाधी जित्न न्यू डायमण्ड एकेडेमीकै खेलाडीको साथ महत्वपूर्ण बन्यो ।

फागुन अन्तिम साता भएको कर्पाकेली पुन युवा क्लबद्वारा आयोजित लोकबहादुर पुन स्मृति राष्ट्रिय महिला भलिबलको उपाधी जितेको न्यू डायमण्ड एकेडेमीले आठैं पिएम कपको उपाधी जित्ने सन्देश दिएको ।

थप समाचार

दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै

खेलाडी चोटग्रस्त भएपछि साविक विजेता एपीएफ सहभागि भएन