नेपालगन्ज ११ चैत्र : यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष योजना ल्याएकोछ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सेट अ न्यू ट्रडिसन’नामक योजना हालै बजारमा ल्याएको हो ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल वशिङ पाउडर उपहार पाईन्छ भने डिश वासरको खरिदमा एक प्याकेट फोर्चुन डिश वासरका साथै पिजन फ्राइ प्यान उपहार पाईन्छ ।
उक्त योजन यही चैत्र ११ गतेदेखि सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।