सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना


सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना

नेपालगन्ज ११ चैत्र : जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुकोे नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना बजारमा ल्याएकोछ ।

उक्त योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ । ग्राहकलाई यस वर्ष आफ्नो भाग्य चम्काउने मौका दिएको छ सेन्साईले ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरु जित्न सक्नेछन् । १ भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाईक, २ जना भाग्यशाली ग्राहकहरुले एप्पल म्याक बूक एयर ल्यापटप, ३ जना भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३ र ५ जना भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड जित्न सकिने कम्पनीले जनाएको छ ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj

सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउ SENSEI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्ने हुन्छ । कम्पनीले यो योजना यही चैत्र १० देखि सिमित अवधिका लागि लागू गरेको बताएकोछ ।

सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ ।