नेपालगन्ज १४ चैत्र : नेपालगन्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन् । अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगन्जले तीन औषधि पसललाई कारबाही गरेको हो ।
आईतबार नेपालगन्ज मेडिकल कलेज नजिकै रहेको फार्मेसीसहित औषधि पसललाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा जेम फार्मेसी, सारिका मेडिकल हल र नजत फार्मेसी रहेका छन् ।
नजत फार्मेसीले नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।
कारबाहीमा परेका फार्मेसीहरुले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गरेको, औषधिको रेकर्ड नराखी बिक्री वितरण गरेको तथा नविकरण नगरेको पाइएको छ ।
विभागले जिल्ला प्रशासन कार्यालय बाँके र वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यलयको समन्वयमा अनुगमन गरेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र कुमार साहले जानकारी दिए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग