नेपालगन्जमा औषधिको रेकर्ड नराखी विक्री वितरण, ३ औषधि पसल कारबाहीमा


नेपालगन्जमा औषधिको रेकर्ड नराखी विक्री वितरण, ३ औषधि पसल कारबाहीमा

नेपालगन्ज १४ चैत्र : नेपालगन्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन् । अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगन्जले तीन औषधि पसललाई कारबाही गरेको हो ।

आईतबार नेपालगन्ज मेडिकल कलेज नजिकै रहेको फार्मेसीसहित औषधि पसललाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा जेम फार्मेसी, सारिका मेडिकल हल र नजत फार्मेसी रहेका छन् ।

नजत फार्मेसीले नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।

कारबाहीमा परेका फार्मेसीहरुले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गरेको, औषधिको रेकर्ड नराखी बिक्री वितरण गरेको तथा नविकरण नगरेको पाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विभागले जिल्ला प्रशासन कार्यालय बाँके र वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यलयको समन्वयमा अनुगमन गरेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र कुमार साहले जानकारी दिए ।