‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुईदिनमा दुईजनाको मृत्यु


‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुईदिनमा दुईजनाको मृत्यु

नेपालगन्ज १५ चैत्र : नेपालगन्ज– कोहलपुर सडकखण्डमा दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ‘ज्यानमारा’ उपमाबाट परिचित नेपालगन्ज–कोहलपुर सडकखण्डमा सोमबार र मङ्गलबार भएको छुट्टा छुट्टै दुई दुर्घटनामा दुई जनाको ज्यान गएकोछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आज (मङ्गलबार) विहान टिप्परको ठक्करबाट ५५ वर्षिय वीरबले भण्डारीको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २०, राँझा चोक नजिक भे १ क ६५७ नम्बरको टिप्परले विहान ८ बजेतिर ठक्कर दिँदा हुम्ला घर भई हाल राँझामा बस्दै आएका भण्डारीको मृत्यु भएको हो ।

बृद्धलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सडक दुर्घटनामा भण्डारीको मृत्यु भएपछि उचित क्षतिपूर्ति र कारबाहीको माग गर्दै आफन्त र स्थानीयले राँझामा सडक अवरोध गरेका थिए ।

यसअघि हिजो सोमबार नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्र्तगत जानकी गाउँपालिकाको कोठारपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जाना भारतीय नागरिकको मृत्यु भएकोछ । भने दुई जना घाइते भएकाछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपालगन्जदेखि कोहलपुरतर्फ गइरहेको भे १० प ४७३० र भे ५ प ४४४० नम्बरको मोटरसाईकल कोठारपुरमा एकआपसमा ठोकिँदा भारत कानपुर बस्ने ६० वर्षिय सतिश दुबेको मृत्यु भएको हो । मृतक दुबे भे १० प ४७३० नम्बरको मोटरसाइकलमा सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबेलाई तत्काल कोहलपुर मेडिकल कलेजमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।

बाँके ट्राफिक प्रहरीका अनुसार यसअघि चैत्र १० गते जानकी गाउँपालिका–६ पार्वतीपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा डुडुवा गाउँपालिका–७ बस्ने २५ वर्षिय गोविन्द बाल्मिकीको मृत्यु भएको छ ।

कोहलपुरदेखि नेपालगन्ज आइरहेका बाल्मिकी सवार बुलेट मोटरसाईकल दिउँसो १ बजे अनियन्त्रित भइ दुर्घटना हुँदा घटनास्थलमै उनको मृत्यु भएको हो ।

थप समाचार

‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु