नेपालगन्ज १८ चैत्र : वडा प्रहरी कार्यालय नेपालगन्जले ठूलो मात्रामा चिनि बरामद गरेकोछ ।
भन्सार छलि चारी पैठारी गरी ल्याउँदै गरेको ४३ वटा बोरामा रहेको कुल दुई हजार एक सय ५० किलो चिनि प्रहरीले बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्लीबहादुर खड्काका अनुसार कार्यालयबाट खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बाट अबैध चिनि बरामद गरेको हो ।
‘भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४३ बोरा चिनि बरामद गरेका हौं’, वडा प्रहरी प्रमुख खड्काले भने–‘कुल दुई हजार एक सय ५० केजी चिनि रहेकोछ । बरामद गरिएको चिनिको अन्दाजी मूल्य एक लाख ७२ हजार रुपैयाँ रहेकोछ ।’
उनका अनुसार बरामद गरिएको चिनि आवश्यक कारवाहीका लागी नेपालगन्ज भन्सार कार्यालय, पठाइएकोछ ।