नेपालगन्ज १८ चैत्र : वडा प्रहरी कार्यालय नेपालगन्जले ठूलो मात्रामा चिनि बरामद गरेकोछ ।
भन्सार छलि चारी पैठारी गरी ल्याउँदै गरेको ४३ वटा बोरामा रहेको कुल दुई हजार एक सय ५० किलो चिनि प्रहरीले बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्लीबहादुर खड्काका अनुसार कार्यालयबाट खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बाट अबैध चिनि बरामद गरेको हो ।
‘भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४३ बोरा चिनि बरामद गरेका हौं’, वडा प्रहरी प्रमुख खड्काले भने–‘कुल दुई हजार एक सय ५० केजी चिनि रहेकोछ । बरामद गरिएको चिनिको अन्दाजी मूल्य एक लाख ७२ हजार रुपैयाँ रहेकोछ ।’
उनका अनुसार बरामद गरिएको चिनि आवश्यक कारवाहीका लागी नेपालगन्ज भन्सार कार्यालय, पठाइएकोछ ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग