सम्झौता एक ठाउँमा काम अर्को ठाउँमा


सम्झौता एक ठाउँमा काम अर्को ठाउँमा

गुलरिया(बर्दिया) २० चैत्र : बर्दियाको बारबर्दिया नगरपालिकामा सम्झौता एक ठाउँमा काम अर्काे ठाउँमा गरिएको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर–९ खैरेनीमा खैरेनी बैतडी टोल सडक ग्राभेल गर्नका लागी छुट्याइएको रकमले वाडअध्यक्ष फत्तु थारु तथा नगरपालिकाको आग्रहमा अन्यत्र ग्रावेल गरिएको पाइएको छ ।

वडाअध्यक्ष फत्तु थारुको उपस्थितिमा २०७८ साल भदौ ३ गते बसेको भेलाले करिब तीन सय मिटर कच्ची बाटोमा ग्राबेल गर्नका लागी ४ लाख रुपैयाँ छुटयाइएको बजेटले खैरेनी–बैतडी टोल सडक ग्राभेल गर्ने भनि वडा कार्यालयले सम्झौताका लागी मंसिर १६ गते नगरपालिकामा सम्झौताका लागी सिफिारिस गरेको छ ।

तर, वडाअध्यक्ष र नगरपालिकाको भित्री सहमतिमा सो रकम बराबरको मगर टोलमा गर्ने आन्तरिक सहमति भएअनुसार अहिले मगर टोलमा सो रकमबाट ग्राबेल बाटो गरिदँै छ । सम्झौतामा खैरेनी बैतडी टोल सडक ग्राभेल भनिएतापनि बैतडी टोलमा बाटो ग्राबेल नगरिनकन मगर टोलमागरिएको छ । वडाअध्यक्ष पत्तु थारुको मनोमानिका कारण बैतडी टोलका नागरिक अझै पनि कच्ची बाटो हुदँै बैदी चोक जानुपर्ने बाध्यता रहदैँ आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सम्झौताअनुसार बैतडी टोलबाट ग्राभेल शुरु गर्नु पर्ने तर, मगर टोलबाट शुरु गरिएका कारण बैतडी टोलसम्म सो ग्राभेल बाटोले छुने मात्र काम गर्ने छ । उपभोत्ता समितिका अध्यक्ष रतन थापाले ग्राभेल सडक बनिरहेको तर, बैतडी टोलबाट सुरु नभई मगर टोलबाट शुरु गरिएको उनले बैतडी टोलको बाटोमा रहेका खाल्टा खुल्टिमात्र पुरिने बताए ।

तर, सम्झौताअनुसार काम नहुँदा बैतडी टोलबासीन्दा अचम्मित बनेका छन् । वार्ड अध्यक्ष फत्तु थारुले पनि सहमति अनुसार नै काम भैरहेको दावि गर्दै आफुले बैतडी टोलबाट ग्राबेल गर्नु पर्ने उपभोक्ता समितिका अध्यक्षलाई भनेपनि नमानेको बताए ।

यसरी सहमती एक ठाँउको लागी तर, काम अर्को ठाउँमा हुँदा स्थानीयबासी पीडित बनेका छन् । आफ्नो घर अगाडीको बाटो बन्ने भयो भनेर खुसी देखिएका स्थानीयबासी आफ्नो टोलको नाम भजायर अन्यत्र काम हुदै गर्दा विरोध गरेता पनि कहि कतै सुनुवाइ नभएको स्थानीयबासी बहादुर ऐरीले बताए । यस विषयमा भने नगरपालिका मौन देखिएको छ ।