नरैनापुरका अग्नी पीडितलाई नगद १५ हजारसहित राहात वितरण


नरैनापुरका अग्नी पीडितलाई नगद १५ हजारसहित राहात वितरण

नेपालगन्ज २२ चैत्र : बाँकेको नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई मंगलबार राहात वितरण गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ परिवारलाई नगद र राहत वितरण गरेको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार नगद र नेपाल रेडक्रस सोसाइटीले गैह्र खाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरेको छ ।

राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव, गाँउपालिकाका जनप्रतिधिहरु समेत उपस्थिति रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस अघि पालिकाको तर्फबाटट पनि खाद्य सामाग्री, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको थियो ।

थप समाचार

शुरु भयो आगलागी श्रृङ्खला : नरैनापुरका १२ घरगोठ जलेर नष्ट