झुम्नेछन् नेपालगन्जबासी सिद्धार्थको न्यू इयर इभमा


झुम्नेछन् नेपालगन्जबासी सिद्धार्थको न्यू इयर इभमा

नेपालगन्ज २३ चैत्र : पश्चिम नेपालको ‘गेट वे’ नेपालगन्जमा रहेको सिद्धार्थ भ्यूले ‘न्यू इयर इभ–२०७९’ सञ्चालन गरि नेपालगन्जबासीलाई झुमाउने भएकोछ । यसका लागि देशकै ख्याती प्राप्त गायक एड्रियन प्रधान र उनको कलेक्टिभ टिमलाई नेपालगन्जमा ल्याउँदैछ । कोरोना भाइरस संक्रमणका कारण अस्तव्यस्त बनेको जीवनशैलीलाई पुनः पुरानै लयमा ल्याउन न्यू इयर इभले भूमिका खेल्ने विश्वास लिइएकोछ ।

होटल सिद्धार्थ भ्यूको आयोजनामा न्यू इयर इभ सञ्चालन गरिनेछ । यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको होटलले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको होटलका ब्यवस्थापक काशिराम अधिकारीले बताए ।

उनका अनुसार न्यू इयर इभमा नेपालकै ख्याति प्राप्त गायक ‘एड्रियन प्रधान कलेक्टिभ’ सहित ७ जना राष्ट्रिय कलाकार समुहले विशेष प्रस्तुती रहेने छ । साथै उक्त कार्यक्रममा ‘डिजे बि–क्यास’ र नेपालगन्ज क्षेत्रका ‘गीतसँग कुन्त’ लोकप्रिय ब्याण्डले पनि प्रस्तुती देखाउने आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०७९ सालको अवसरमा होटल सिद्धार्थ भ्यूले चैत्र ३० गते बेलुका ७ बजेदेखि ‘न्यू इयर इभ’–२०७९ को राती १२ बजेसम्म सांगेतिक कार्यक्रम सञ्चालन गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त कार्यक्रममा सहभागिताका लागि वयस्क र बालबालिकाको लागि निश्चित शुल्क तोकिएको छ । दुई वटा टिकेट प्याकेज रहेको उक्त कार्यक्रमका लागि वयस्क ब्यक्तिका लागि २ हजार एक सय ९९ र ५ वर्षदेखी १२ वर्ष मुनिका बालबालिकाको लागि एक हजार एक सय ९९ सय रुपैयाँ शुल्क लिइने होटलका सेल्स एण्ड मार्केटिङ प्रबन्धक नबिन भट्टले बताए ।

‘यही शुल्कबाट हामीले कार्यक्रम स्थलमा पाहुनाका लागि रात्रीकालिन खानाको उपलब्ध गराउँछौं,’ उनले भने ‘पटक–पटक पैसा तिरेर खानुपर्ने झण्झटलाई हामीले अन्त्य गरेका छौं, टिकट काटेको पैसाबाट नै प्याकेजमा खान पाउनु हुन्छ ।’

न्यू इयर इभमा सहभागि हुन खरिद गरिएको टिकट अनुसार बयस्क र बालबालिकाले स्वागत पेय एक बोतल बियर वा जुस, असीमित खाजा, अन्तर्राष्ट्रिय बुफे डिनर निःशुल्क प्राप्त गर्नेछन् ।

सिद्धार्थ ग्रुपका पश्चिम क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना महामारीका कारण दुई वर्षसम्म सांङ्गितिक मनोरञ्जन गर्न नपाइरहेको अवस्थामा २०७९ सालको स्वागतका लागि रमाईलो जमघट गराउन कार्यक्रम गर्न लागिएको बताए ।

उनले ‘अङ्ग्रेजी नयाँ वर्षमा मात्र हुने यसखाले कार्यक्रम पछिल्ला समय नेपाली नयाँ वर्षमा समेत गरिन थालिएपछि यसले समग्र नेपालीलाई नयाँ उर्जा प्रदान गरेकोछ ।’ न्यौपानेले भने–‘परिवार, साथीभाई र आफन्तका साथ सांगेतिक मनोरञ्जनकाबीच सिद्धार्थका स्वादिष्ट खाना खाँदै नयाँ वर्षको स्वागत गर्न सकिनेछ ।’

उक्त कार्यक्रममा करिव ५ सय दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ । न्यू इयर इभमा सहभागिता जनाउन यही चैत २८ गतेसम्म टिकट वुकिङ गर्न सकिने सिद्धार्थ विजनेस गु्रपका डाइरेक्टर कृष्ण भण्डारीले बताए ।

‘अहिलेसम्म टिकट बुकिङ उत्साहजनक रुपले भइरहेको छ, प्रत्येक उपस्थित हुन नसक्नेले अनलाईनमार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन्,’ उनले भने । न्यू इयर इभले देशको अर्थतन्त्रलाई माथी उठाउन पनि मद्धत गर्ने भण्डारी बताउँछन् ।

पत्रकार सम्मेलनमा सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका महासचिव मुक्तिराम भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा देशभरका विभिन्न शाखामा न्यू इयर इभ कार्यक्रम आयोजना हुन लागेको बताए ।

होटेल सिद्धार्थ नेपालगन्ज र सिद्धार्थ ग्रुप अन्तरगतका सिद्धार्थ कटेज नेपालगन्ज, एस क्याफे नेपालगन्ज तथा एस क्याफे कोहलपुरमा न्यू इयर इभमा सहभागिता जनाउनका लागि टिकट बुकिङ गर्न लिन सकिनेछ ।

होटल सिद्धार्थ नेपालगन्जले हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कलाकारहरु सहित कार्यक्रम गर्दै आएको छ । गत वर्ष नेपाली नयाँ वर्षको पूर्वसंध्या–२०७८ मा प्रमोद खरेल, एलिना चौहान, हास्य कलाकार सुमन कोइराला र अंग्रेजी नयाँ वर्ष पूर्वसंध्या २०२२ मा प्रकाश सपुत, स्वपना सुमन, साहित्य डीजे र ब्याण्डले भरपुर मनोरञ्जन गराएका थियो ।

लामो समय देखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुकभर २७ वटा होटल, रिसोर्ट, क्याफे, आतिथ्य संस्थान, ट्रेड मार्ट लगायत सञ्चालित छन् ।