File Photo
बर्दिया ६ बैशाख : बर्दिया सहित देशभर आज र भोली सरकारले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउदै छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए तथा १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औधषि खुवाउन लागेको हो ।
बर्दियामा पनि ३५ हजार ४ सय २ जना बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ भने ३१ हजार ५ सय १६ जना बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।
यसका लागी ८ सय ३६ जना महिला स्वयमसेविका परिचालन गरिएको छ । आज र भोली क्याम्प खडा गरी भिटामिन ए र जुकाको औषधि खुवाइने छ छुटेका बालबालिकाहरुलाई घरदैलो अभियान समेत सञ्चालन गरि खुवाइने चौधरीले बताए ।
यसपटक नेपालमा भिटामिन ए क्याप्सुल २७ लाख बालबालिकाले तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्