बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै


बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

File Photo

बर्दिया ६ बैशाख : बर्दिया सहित देशभर आज र भोली सरकारले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउदै छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए तथा १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औधषि खुवाउन लागेको हो ।

बर्दियामा पनि ३५ हजार ४ सय २ जना बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ भने ३१ हजार ५ सय १६ जना बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

यसका लागी ८ सय ३६ जना महिला स्वयमसेविका परिचालन गरिएको छ । आज र भोली क्याम्प खडा गरी भिटामिन ए र जुकाको औषधि खुवाइने छ छुटेका बालबालिकाहरुलाई घरदैलो अभियान समेत सञ्चालन गरि खुवाइने चौधरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यसपटक नेपालमा भिटामिन ए क्याप्सुल २७ लाख बालबालिकाले तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।