गुलरिया (बर्दिया) ८ बैशाख : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरु गठबन्धन बनाएर जाने भन्ने केन्द्रको सर्कुलर भएपनि बर्दियामा भने त्यसको प्रतिवाद गरिएको छ ।
देशका विभिन्न जिल्लामा देखिएको गठबन्धनको विवादको विषयले बर्दिया पनि अछुतो रहन सकेन । जसकारण अन्ततः बर्दिया गठबन्धन नगरी निर्वाचनमा जाने दलहरुले जनाएका छन् ।
सत्ता पक्षिय तथा गठबन्धनका दलहरुवीच लामो समयदेखि बस्दै आइरहेको छलफल निष्कर्षविहिन बनेपछि अन्ततः बर्दियाका ८ वटै पालिकामा हार्दिकता कायमै राख्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको छ ।
जिल्लामा रहेका सत्ता पक्षिय तथा गठबन्धन पक्षिय दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी निर्वाचनमा जाने परिस्थितिको निर्माण गर्नका लागी पटक–पटक भएका छलफल सकारात्म नभएपछि आ–आफनो पार्टीबाट उमेदवार खडा गरी निर्वाचनमा जाने निर्णय गरिएको हो ।
बर्दियाको गुलरियामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सभासद सन्तबहादुर थारुले गठबन्धनमा सहमति हुन नसकेपछि मित्रवतरुपमा प्रतिस्प्रर्धा हुने बताए ।
गठबन्धन गरेर नै जाने हर सम्भव प्रयास भएपनि आकांक्षीहरु धेरै भएका कारण र कार्यकर्ताको भावना र मर्म अनुसार गठबन्धन जिल्लामा आवश्यक नभएको निष्कर्ष निकालिएको नेपाली काँग्रेस बर्दियाका सभापति अरुणप्रकाश सिंह राठौरले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागी नेकपा माओवादी केन्द्रले ६ वटा, नेपाली काँग्रेसले पनि ६ वटा र नेकपा एकिकृत समाजवादीले २ वटा स्थानीय तहको दावि गरेपछि जिल्लामा गठबन्धनको टुँगो लाग्न नसकेको हो ।
८ वटा पालिका रहेको बर्दियामा गठबन्धन दलबाटै १४ जना उम्मेदवार आकांक्षि देखिएपछि विवाद सिर्जना भएको हो । गत २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त हैसियत भन्दा बढि पदमा दावी गरेकै कारण गठबन्धनले सफलता पाउन नसकेको हो ।
यसमा केहि हदसम्म नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीको दम्भले गठबन्धन नभएको सत्ता गठबन्धन दलका एक नेताले बताए ।
बर्दियामा गत स्थानीय तहको निर्वाचनमा ठाकुरबाबा नगरपालिकामा मेयरमा नेकपा एमाले उपमेयरमा नेकपा माओवादी केन्द्र, बाँसगढि नगरपालिका र बढैयाताल गाँउपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा जित हात पारेको थियो । भने गेरुवा गाँउपालिकामा र गुलरिया नगरपालिका नेपाली काँग्रेसले मेयर र उपमेयरमा जित हात पारेको थियो ।
यसै गरी राजापुर नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकामा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’