रामचन्द्र मौर्यको प्रतिबद्धताः ‘मतदातामाझ गरेको प्रतिबद्धता खेर जान दिन्न’


रामचन्द्र मौर्यको प्रतिबद्धताः ‘मतदातामाझ गरेको प्रतिबद्धता खेर जान दिन्न’

नरैनापुर (बाँके) २५ वैशाखः नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले समग्र नरैनापुरको विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएकाछन् ।

मतदातालाई भेट्ने क्रममा नरैनापुर गाउँपालिकाको वडा नम्बर– २, ४ र ६ नम्बर वडाका विभिन्न गाउँमा पुगेका मौर्यले नरैनापुर सम्भावना बोकेको गाउँपालिका रहेकाले गाउँपालिकालाई माथि उकास्ने गरी काम गरिने प्रतिबद्धता जनाए ।

Kanti Aarogya Hospital Nepalgunj

आधुनिक खेती प्रविधिलाई प्रोत्साहन गर्दै बेलैमा मल तथा विउविजन उपलब्ध गराउने र सिंचाईको राम्रो प्रबन्ध मिलाएर कृषिको आधुनिकीकरणमार्फत् नरैनापुरबासी जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको मौर्यले सुनाए ।

उनले धार्मिक पर्यटनको समेत सम्भावना बोकेका गाउँपालिका भएकाले आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई भित्र्याउने गरी योजना निर्माण गरिएको पनि बताए । उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारसहितको योजना आफुले बनाएर घरदैलोमा हिँडेको जानकारी दिए । उनले आफुले मतदातामाझ गरेको प्रतिबद्धता खेर जान नदिने प्रतिबद्धता समेत जनाए ।