बर्दियामा काँग्रेसले ५ पालिका जित्दा, माओबादी दोस्रो एमाले तेस्रो


बर्दियामा काँग्रेसले ५ पालिका जित्दा, माओबादी दोस्रो एमाले तेस्रो

गुलरिया (बर्दिया) ५ जेठ : बर्दियाका ८ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा नेपाली काँग्रेस विजयी भएको छ । भने २ वटामा नेकपा माओवादी र एउटा नेकपा एमाले विजयी भएको छ ।

गेरुवा गाँउपालिकामा नेपाली काँग्रेसका जमानसिंह केसी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ७ हजार ६ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वहादुर थारुले ६ हजार ६ सय २० मत प्राप्त गरे ।

यस्तै उपाध्यमा नेपाली काँग्रेसकै लक्ष्मिकुमारी चौधरी निर्वाचित भइन् । उनले ७ हजार १५३ मत प्राप्त गरिन् । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसले अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गरे ।

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीपेश थारु विजयी भए । उनले ९ हजार ८०७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले ९ हजार ७३० मत प्राप्त गरेका थिए ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी विजयी भए । उनले १० हजार ८६ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै यशोदा थारुले १० हजार ४५ मत प्राप्त गरिन् । गत निर्वाचनमा राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

ठाकुरबाबा नगरपालिकामा नेपाली काँग्रेका तिलकराम लम्सालले ९ हजार ४२ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा भने नेकपा एमाललेका बिना कुमारी भट्टराइले ८ हजार १७६ मत प्राप्त गरी विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मन्जुकुमारी चौधरीले ७ हजार ६७४ मत प्राप्त गरिन् । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

मधुवन नगरपालिकामा नेपाली काँग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मिप्रसाद शर्माले ७ हजार ९३९ मत प्राप्त गरे ।

यस्तैे उपप्रमुखमा नेपाली काँग्रेसकै अनिता चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माआवादी केन्द्रकै सुभद्रा थारुले ७ हजार ८९९ मत प्राप्त गरिन् । सो नगरपालिकामा गएको स्थानीय तहका निर्वाचन प्रमुख र उप प्रमुख दुवै पद नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यसैगरि बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेसका छविलाल थारुले १३ हजार ६ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गरे ।

यस्तै बारबर्दियाको उपप्रमुखमा नेपाली काँग्रेसकै रत्नकुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरिन् । गत गएको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकाबाट प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

बर्दियाको गुलरिया नगरपालिकामा नेपाली काँग्रेसका मुक्तिनाथ यादव ७ हजार ९८९ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमरबहादुर खडकाले ७ हजार ८११ मत प्राप्त गरे ।

यस्तै गुलरिया उपप्रमुखमा नेपाली काँग्रेसकै सावित्रा गौतमले ८ हजार २ सय ७ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाललेकै टिकाकुमारी सम्सेली मगरले ७ हजार ४६२ मत प्राप्त गरिन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुबै पद जितेको थियो ।

बाँसगढी नगरपालिकामा नेकपा एमालेका खडकबहादुर खडकाले १० हजार ९४७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भवनकुमार थारुले ९ हजार ७६३ मत प्राप्त गरे । यस्तै बाँसगढीको उपप्रमुखमा नेकपा एमालेकै इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गर्दै जित निकालिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आकाश थारुले ८ हजार ५१२ मत प्राप्त गरे । गत स्थानीय तहको निर्वाचनमा सो नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

बढैयाताल गाँउपालिमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीले ९ हजार ३६७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेका लक्ष्मिकुमारी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गर्दै जितिन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पबित्रा अर्यालले ८ हजार ३१५ मत प्राप्त गरिन् । यो पालिकामा गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको थियो ।

यसरी हेर्र्दा नेकपा माओवादीले यस पटकको निर्वाचनमा २ वटा पालिका गुमाएको छ । नेकपा एमालले २ वटा पालिका गुमाउँदा नेपाली काँग्रेसले ५ वटा पालिकामा जित निकालेको हो । बर्दियामा माओवादीले २ वटा तहमा जित निकालेको छ । भने नेकपा एमालले १ वटा मात्र तहमा जित निकालेको छ । नेपाली काँग्रेसले २ वटा तहबाट थप ३ वटा तहमा जित निकालेको हो ।