पंकजले भन्यो ‘राप्ती पार ले चलके मारेंगे, नदीमे फेंक देंगे’

मृत्युको मुखबाट बाँचेर आएका ‘बिक्की’ को कथा : बाँके प्रहरीले अपहरणमा पर्नेलाई थुन्यो, अपहरणकारीलाई हात मिलाएर छाड्यो


पंकजले भन्यो ‘राप्ती पार ले चलके मारेंगे, नदीमे फेंक देंगे’

पंकज श्रीवास्तवको अपहरणमा परेका ‘विक्की’ भनिने अतिक खान । तस्विर: सेतोखरी

नेपालगन्ज १० जेठ : घटना २०७९ जेठ ३ गते रातीको हो । म क्यासिनो खेल्न नेपालगन्जको स्टारलाईट क्यासिनो गएको थिए । रातको करिब २ः३० बजेको थियो होला । केही केटाहरु एक्कसी क्यासिनो भित्र प्रवेश गरे । सुरेश कुर्मी भन्नेले मेरो हात समाते अनि मलाई बाहिर हिँड् केही कुरा गर्नु छ भन्यो । मलाई हात समातेर क्यासिनो बाहिर निकाले । मलाई के गरिरहेका छन् भन्ने मैले बुझ्नै सकिन ।

बाहिर मलाई पिट्नका लागि धेरै केटाहरु तयार भएर बसेका रहेछन् । बाहिर निस्कने वित्तिकै मलाई धमाधम कुट्न थाले । म एक्लो मान्छेको के लाग्थ्यो र ? कसैले मुक्काले एक साइडबाट हिर्काउँछ, कसैले अर्को साइडबाट हिर्काउँछ, कसैले अगाडीबाट कसैले पछाडीबाट सबैले पालैपालो मलाई कुट्न थाले ।

मलाई लग्नलाई क्यासिनोको पार्किङ्गमा भारतीय नम्बरको फर्चुनर गाडी तयार पारेर राखिएको रहेछ । पिट्दै सबैले समातेर मलाई त्यही गाडीमा राखे । मलाई कहाँ लग्दैछन् भन्ने थाहा थिएन । पंकज श्रीवास्तले जोड जोडले भन्दै थियो ‘आज तेरो अन्तिम दिन हो, मारेर राप्ती नदीमा बगाउने हो ।’

अनि पंकजको निर्देशनमा भनेपछि गाडी पूर्वतिर सोझियो मलाई राप्ती नदी लग्न लागेको चाल पाए । गाडीमा अनुराग शाह, सुरेश कुर्मी, पंकज श्रीवास्तव, अस्विनी सिंह लगायत थिए ।

Kanti Aarogya Hospital Nepalgunj

मलाई गाली गर्दै गाडीभित्रै कसैले कताबाट हान्छ कसैले कताबाट हान्छ । सोहीक्रममा पिट्दै मैले लगाएको ४ तोलाको सुनको सिक्री र पाँच लाख भारु नगद पनि पंकजले लग्यो ।

गाडी फुल्टेक्राबाट धेरै नै अगाडी राप्ती नदीतिर बढीसकेको थियो । गाडीमा मलाई पिट्दै बोल्न थाले ‘राप्तीपार ले चलो, इस्को वहीं गोली मारदेंगे।’ पिट्दै सुरेश कुर्मीले भन्यो ‘निकाल पेस्तोल यहीं मारदेतें हे, वहाँ क्यो मार्ना हे ।’ त्यतिकैमा पंकजले भन्यो ‘राप्ती पार ले चलके मारेंगे, नदीमे फेंक देंगे ।’

विक्कीलाई अपहरण गर्नुअघि पंकज श्रीवास्तव ग्रुपले नेपालगन्जको स्टारलाईट क्यासिनो प्राङ्गणमा विक्कीलाई कुटपिट गर्दै गरेको सीसीटिभीमा कैद भएको दृष्य ।

गाडीभित्र ‘तुमको मारदे’ भन्दै पेस्तोल राखेको ठाउँतिर सुरेश कुर्मीले पटक–पटक हात अगाडी बढाउँथे, अरुले रोक्थे सुरेशलाई ।

राप्ती नदी पुग्नै लागेको थिम, नदी पुग्नु भन्दा पहिले पंकजको मोबाईलमा कसैको फोन आयो, ‘पुलिसलाई थाहा भैसकेको छ सिसिटिभिमा कैद भैसकेको छ । कहाँ हो त्यसलाई छिटो छाडिदेऊ’ भनेर । त्यसपछि पंकजले गाडी घुमाई हाल्यो । गाडी घुमाउनै लाग्दा अश्विनी सिंहले भन्यो ‘पंकज अब तो नही मार पाएगें, सिसिटिभिम कैद हो गया है ।’

राप्ती नदी नजिक पुगिसकेको गाडी फोन आइसकेपछि जब नेपालगन्ज तिर फर्काउँछन् अनि मलाई लाग्यो अब मेरो ज्यान बच्यो अब मलाई मार्दैनन् भन्ने ।

त्यसपछि सिधै गाडी ल्याएर वडा प्रहरीको भित्र हाल्छन् । पंकजहरुले वडा प्रहरी भित्रै मलाई घसेट्दै गाडीबाट निकाल्छन्, पुलिसकै अगाडी पिट्न थाल्छन् । मलाई पिट्दै पुलिसको जिम्मा लागाउँछन् र यसलाई भित्र हालिदेउ भन्छन् ।

अनि मलाई मेडिकल गराएर राती वडा प्रहरीमा थुनेर राखियो । विहान त्यहाँबाट पुलिसको गाडीमा राखेर मलाई जिल्ला प्रहरी कार्यालय लगियो । म जिप्रकाको माथि उक्लिदै थिए पंकज पहिले नै गएर बसेको रहेछ ।

अनि पंकजले जिप्रकाको अफिस भित्रै भन्यो ‘मेलमिलाप गर्, हैन भने तँलाई २५ दिन थुनाइदिन्छु ।’ म डराएको थिएँ, केहि सम्झिन सकिरहेको थिएन, मेरो ज्यान बच्यो, कतिखेर जाउँ र श्रीमती बच्चालाई भेटुँ भन्ने भएको थियो । म कुनै प्रतिवाद गर्ने अवस्थामा थिएन ।

प्रहरीले मलाई अपहरण गर्ने, मलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाही गरेर न्याय दिलाउन छोडेर मिलापत्र कागजमा साइन गर भने । मैले साइन गरे अब जा भने अनि म जिप्रकाबाट फर्किए ।

पंकज ग्रुपले ८ वर्ष अघि मलाई लखनऊमा पनि गोली हानेको थियो । हेर्नुस् मेरो पेटमा लागेको गोलीको निशानी । मेरो घर लखनऊ थियो, पंकजको ग्रुपले मलाई गोली हानेपछि म २–३ महिनासम्म ट्रामा हस्पिटलमा उपचार गराएँ । अनि हामी लखनऊबाट बहराईच बसाईसराई सर्‍यौं । अहिले केही वर्षदेखि नेपालगन्जमा बस्छु, यहीबाट नेपाली विहे गरेको छु ।

–(२०७९ जेठ ३ गते राती पंकज श्रीवास्तव ग्रुपको कुटपिट र अपहरणमा परेका भारतीय नागरिक अतिक खान (विक्की) संग घटनाबारे सेतोखरीले गरेको कुराकानीमा आधारित ।)

थप समाचार

भारतीय नागरिक पंकजको समुहद्वारा नेपालगन्जमा ‘गुण्डागर्दी’