नेपालगन्ज १७ जेठ : नेपाल बैंक लिमिटेडको कोहलपुर शाखाले मंगलबार बैजनाथ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
शाखाका प्रबन्धक दीपकराज ओलीले वडा नम्बर– ४ का अध्यक्ष प्रेम शाही र वडा नम्बर– ३ का अध्यक्ष निखल बैगारलाई खादा तथा अविर लगाएर बधाई दिदैँ कार्यकाल सफलताको शुभकामना दिए ।
उक्त अवसरमा बोल्दै प्रबन्धक ओलीले बैजनाथ जस्ता बजारन्मुख पालिकामा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने बताए । नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई सन्तुष्टि गरिरहेको ओलीको भनाई छ ।
वडा अध्यक्षहरुले स्वरोजगार तथा उद्यम जस्ता गतिविधि बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । त्यसले बित्तीय गतिविधिलाई समेत चलायमान बनाउने उनीहरुको भनाई छ ।
अहिले नेपाल बैंक निक्षेप संकलन तथा कर्जा प्रवाहमा उत्कृष्ट रहेको छ ।
बैजनाथ जस्ता ठाउँ बित्तीय गतिविधि बढाउन जनप्रतिनिधिसंग सहकार्य गर्ने नीति लिएकाले जनप्रतिनिधिलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा कोहलपुर शाखाका सहायक प्रबन्धक लोकराज नेउपाने समेतको सहभागिता थियो ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?