२५० किलो गाईको मासुसहित ५ जना पक्राउ, घटना लुकाउन प्रहरीलाई दवाव

बाँकेमा गाई काट्नेक्रम रोकिएन, गाईको मासु लग्न डिफ्रिज जडित भ्यान प्रयोग


२५० किलो गाईको मासुसहित ५ जना पक्राउ, घटना लुकाउन प्रहरीलाई दवाव

नेपालगन्ज १९ जेठ : नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । गौबद्ध गर्ने गराउनेलाई कडा कारबाही समेत हुने गर्दछ । भने गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको मिलोमतोमा बाँकेमा गाई गोरु काटिने क्रम रोकिएको छैन ।

बाँके प्रहरीले २५० किलो गाईको मासुसहित ५ जनालाई नियन्त्रणमा लिएपछि बाँकेमा गाई काट्ने क्रम नरोकिएको पुष्टि भएको हो ।

प्रहरीले गौबद्ध हुने क्षेत्रमा निगरानी बढाएको दावि गरिरहँदा २५० किलो गाईको मासुसहित ५ जनालाई नियन्त्रणमा लिएपछि बाँकेमा पेसेवर गिरोह गाई काट्ने र मासुको पैठारी गर्ने कार्यमा सक्रिय रहेको तथ्य बाहिरीएको हो ।
ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका वडा नम्बर–६ बाट ५ वटा बोरोमा राखेको अवस्थामा २ सय ५० किलो गाईको मासु र ५ जनालाई नियन्त्रणमा लियो । प्रहरीले खजुरा– ६ जनतानगरबाट ३ जना र खजुरा–८ रनियापुरबाट २ जना गरि पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीका ईन्चार्ज प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीका अनुसार खजुरा गाउँपालिका– ६ सिमलघारीबाटमा ३ बजे बिहान भे १ ह ४८९३ अटोमा लेड गरेर लैजादै गरेको अवस्थामा ५ बोरामा पचास–पचास किलोको २ सय ५० किलो मासु, सोही ठाउँका ५५ वर्षिय मुक्ति कसाई, कैलाली टिकापुरका ५३ वर्षिय भिमराज चौधरी र पुरन सुनालाई नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै प्रहरीले रनियापुरबाट २ बजे बिहान ४० वर्षिय अकबल खाँ र ३५ वर्षिय सिराजुद्दिन खाँलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कैलालीबाट चौधरी र सुनारले सो मासु लोड गरेर लैजाने उद्देश्यले सुदूरपश्चिम प्रदेश–०१–००१ च–२९५४ नम्बरको डिफ्रिज जडित भ्यान लिएर आएको अवस्थामा प्रहरीेले नियन्त्रणमा लिएरको हो । प्रहरी निरीक्षक रेग्मीले गौबध गरी मासुको कारोबार हुने गरेको जानकारी आफुलाई आएपछि तीनवटा स्थानबाट निगरानी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बताए ।

उनले भने–‘चौधरी र सुनारले मासु लोड गरेर लैजाने उद्देश्यले डिफ्रिज जडित भ्यान लिएर आएको भएपनि भ्यानमा मासु लोड नभएको अवस्थामा अटो मै नियन्त्रणमा लिन सफल भएका हौ । तर, अटो चालक भने फरार भयो, खोजीकार्य जारी छ ।’

यस्तै प्रहरी निरीक्षक रेग्मीले खजुरा–८ रनियापुरबाट गाई काटेको अवस्थामा र काट्नको लागि राखिएका गोरुसहित अकबल र सिराजुद्दिनलाई नियन्त्रणमा लिएको बताए । उनले भने–‘रनियापुरमा केही काटिएको अवस्थामा र केही काट्नको लागि तयारी गरेको अवस्थामा गोरुसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।’

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएको गाईको मासु रनियापुरमा काटेको हुनसक्ने बताएकोछ । प्रहरीले बरामद गरेको मासु १२ वटा गाई गोरु काटेर जम्मा गरिएको जनाएको छ । गाई काटेको स्थानमा केही गोरुको प्रजनन अंगहरु समेत भेटिएकोले गाई र गोरु दुबै काटिएको हुनसक्ने अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले खजुरा क्षेत्रबाट २५० किलो गाईको मासुसहित पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको । बरामद गरिएको मासु प्रहरीले खाल्डो खनेर नष्ट गरेकोछ ।

यसैबीच गाईको मासु लोड गरी लैजान ल्याईएको उक्त भ्यानलाई सो घटनामा नजोडि जोगाउनको लागि प्रहरी लागि परेकोछ । सेतोखरीलाई प्राप्त स्रोतका अनुसार उक्त घटनामा सो भ्यानलाई नजोड्न प्रहरीलाई निक्कै दबाव र ‘ठूलो रकम’ अफरसमेत गरिएकोछ । प्रहरीले पनि मासु लोड नगरिएको भन्दै भ्यान छाड्ने सक्ने संकेत दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जिल्लामा गौबद्ध गर्ने गराउनेमाथि प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको बताए । उनले भने –‘जिल्लामा सम्भावित गौबद्ध हुने क्षेत्रमा हाम्रो निरन्तर निगरानी भइरहेकोछ । गौबद्धमा संलग्न जोकोहीलाई यो या त्यो बहानामा उन्मुक्ति पाउँदैन । यसमा तत्काल हामी एक्सन लिन्छौं ।’

प्रहरीले गौबद्ध हुने क्षेत्रमा निगरानी बढाएकै कारण त्यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा लिन सफल भएको न्यौपानेले दावि छ । तर, बाँके प्रहरीको तथ्यांकले पनि कतिपय ब्यक्ति यसअघि नै गौबद्ध मुद्दामा पक्राउ परि धरौटीमा छुटेका र सजाय पाएकाहरु नै पुनः गाई काट्ने र विक्री गर्ने कार्यमा संलग्न भएको देखाउँछ ।

बाँके प्रहरी र सम्बद्ध सरोकारवालाको उदासिनता र मिलोमतोकै कारण बाँकेमा गाई काट्ने घटना क्रम नरोकिएको हो । पटक–पटक बाँकेमा राष्ट्रिय जनावर काटिनु र गाईको मासु भागबण्डा लगाएर खानु र विक्रीका लागि लैजानुले बाँके प्रहरी प्रशासन र स्थानीय सरकारको धज्जि उडाइरहेकोछ । संविधान र कानूनको अपहेलना भैरहेकोछ । भने गाई काट्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई प्रसय मिलिरहेकोछ ।