नेपालगन्ज २४ जेठ : गृहमन्त्री बालकृष्ण खाणले बाँकेको खजुरामा भएको सामूहिक बलात्कारको घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन भएको बताएका छन् ।
प्रतिनिधि सभामा मंगलबारको बैठकमा शून्य समय लिएर नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले बाँकेमा भएको सामूहिक बलात्कार घटनाका पीडितलाई हदैसम्मको कारबाही गर्न माग गरेकी थिइन् ।
गृहमन्त्री खाणले उक्त घटनाबारे जानकारी दिँदै कारबाहीका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
त्यसको जवाफ दिने क्रममा गृहमन्त्री खाणले उक्त घटनाका आरोपीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका पीडकहरू सबै पक्राउ गरेको र उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
उक्त घटनामा मुख्य अभियुक्त हेमराज थारुले आफ्नो जन्मदिनको निमन्त्रणा दिएर निर्जन स्थानमा लगी सामूहिक बलात्कार गरेको पाइएको मन्त्री खाणले बताए ।
घटनामा संलग्न सात जना युवाले मदिरा सेवन गराएर बलात्कार गरेकाले सबैलाई पक्राउ गरेर अनुन्धान भइरहेको मन्त्री खाणले जानकारी दिए ।
बाँकेको खजुरा गाउँपालिका धनौली प्रहरी चौकीले उनीहरूलाई पक्राउ गरेको र पीडितको उपचार भइरहेको उनले बताए । पीडित किशारीलाई साथी संस्थाको रेखदेखमा राखिएको छ ।
यौनहिंसाले समाजमा विकृति देखिएको उनको भनाइ छ । यस घटनामा संलग्न अधिकांश युवाहरू रहेको भन्दै पाठ्यपुस्तकमा पनि सचेतना विषय समावेश गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री खाणले औंल्याए ।
थप समाचार
जन्मदिनको बहानामा बोलाएर १६ वर्षीया बालिकालाई ७ जनाले गरे सामुहिक बलात्कार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’