बालिका बलात्कार घटना : दोषीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन


बालिका बलात्कार घटना : दोषीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

नेपालगन्ज २४ जेठ : गृहमन्त्री बालकृष्ण खाणले बाँकेको खजुरामा भएको सामूहिक बलात्कारको घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन भएको बताएका छन् ।

प्रतिनिधि सभामा मंगलबारको बैठकमा शून्य समय लिएर नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले बाँकेमा भएको सामूहिक बलात्कार घटनाका पीडितलाई हदैसम्मको कारबाही गर्न माग गरेकी थिइन् ।

गृहमन्त्री खाणले उक्त घटनाबारे जानकारी दिँदै कारबाहीका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

त्यसको जवाफ दिने क्रममा गृहमन्त्री खाणले उक्त घटनाका आरोपीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका पीडकहरू सबै पक्राउ गरेको र उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

उक्त घटनामा मुख्य अभियुक्त हेमराज थारुले आफ्नो जन्मदिनको निमन्त्रणा दिएर निर्जन स्थानमा लगी सामूहिक बलात्कार गरेको पाइएको मन्त्री खाणले बताए ।

घटनामा संलग्न सात जना युवाले मदिरा सेवन गराएर बलात्कार गरेकाले सबैलाई पक्राउ गरेर अनुन्धान भइरहेको मन्त्री खाणले जानकारी दिए ।

बाँकेको खजुरा गाउँपालिका धनौली प्रहरी चौकीले उनीहरूलाई पक्राउ गरेको र पीडितको उपचार भइरहेको उनले बताए । पीडित किशारीलाई साथी संस्थाको रेखदेखमा राखिएको छ ।

यौनहिंसाले समाजमा विकृति देखिएको उनको भनाइ छ । यस घटनामा संलग्न अधिकांश युवाहरू रहेको भन्दै पाठ्यपुस्तकमा पनि सचेतना विषय समावेश गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री खाणले औंल्याए ।

थप समाचार

जन्मदिनको बहानामा बोलाएर १६ वर्षीया बालिकालाई ७ जनाले गरे सामुहिक बलात्कार