बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन, छानविन गरेर दोषीलाई कारबाही गछौं

बर्दिया घटनाको छानबिन गर्न समिति गठन


बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन, छानविन गरेर दोषीलाई कारबाही गछौं

नेपालगन्ज २४ जेठ : गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको प्रष्ट्याएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर, त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’

यसअघि बर्दियामा भएको उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । गृहमन्त्री खाणले भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी असुरक्षित हुँदै जाँदासमेत सुरक्षा निकाय समवेदनशील हुन नसकेपछि जनता सडकमा उत्रिएका हुन् । वन्यजन्तुको नियन्त्रण र पीडितिलाई क्षतिपुर्ति नदिएको स्थानीयबासीको भनाईछ ।

थप समाचार

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु