बर्दियामा प्रचण्ड गर्मीः विद्यालय बन्ददेखि व्यापार व्यवसाय प्रभावित


बर्दियामा प्रचण्ड गर्मीः विद्यालय बन्ददेखि व्यापार व्यवसाय प्रभावित

बर्दियाको एक विद्यालयमा अध्ययनरत बालबालिका । तस्विर : दीपक शर्मा /सेतोखरी

गुलरिया(बर्दिया)२७ जेठ : अत्याधिक गर्मीका कारण बर्दियाको जनजिवन प्रभावित बन्दै गएको छ । केहि दिन यता बढेको गर्मीका कारण बजारमा क्षेत्रमा मानिसको चहलपहल कम भएको छ, भने व्यापार व्यवसायमा पनि मन्दि आएको व्यापारीहरुले बताएका छन् ।

जेष्ठ महिना शुरु भएसगै बढेको गर्मीका कारण बजारमा मानिसको चहलपहल निकै कम छ । मानिसको चहलपहल कम भएसगैँ व्यापार व्यवसायमा पनि कमी आएको बारबर्दिया नगरपालिकामा फेन्सी पसल सञ्चालक उमेश थारुले बताए ।

उनका अनुसार बैशाख महिना शुरु भएदेखि बढेको गर्मीका कारण बजारमा मानिसको चहलपहल कम भएपछि व्यापार प्राय शून्य नै रहेको छ ।

बजारमा पेय पदार्थको माग बढेको छ । गर्मीका कारण व्यापार व्यवसाय प्रभावित बन्दा व्यापारीको मनोबल पनि खस्किदैँ गएको छ । प्रचण्ड गर्मीका कारण सरकारी कार्यालयमा सेवाग्राहीको समेत चाप कम देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता बढ्दो गर्मीका कारण बर्दियाका अधिकांस स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जस अनुसार जेष्ठ २७ गते देखि ३१ गतेसम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सतिस यादवले बताए ।

उनका अनुसार बढ्दो गर्मीसगै विद्यार्थीहरु विरामी समेत पर्न थालेपछि विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

लामो समयदेखि पानि नपरेका कारण दिउँसोको समयमा तातो हावा ‘लू’ समेत चल्ने गरेको पाइएको छ । अस्पतालहरुमा विरामीको चाप पनि बढ्दै गएको स्वास्थकर्मीहरुको भनाई रहेको छ ।