नेपालगन्ज ३१ जेठ : होटल व्यवसायी संघ बाँके नेपालगन्जको अध्यक्ष पदमा रंगबहादुर खड्का सर्वसम्मत भएका छन् । यसअघि दुई प्यानलको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिइएपछि सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको हो ।
निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमले दिएको जानकारी अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा विष्णुप्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मीराज्य शाही, सहकोषाध्यक्षमा केशवकुँवर योगी सर्वसम्मत निर्वाचित भए ।
त्यस्तै, सदस्य पदमा विनोद श्रेष्ठ, धुमबहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दीपा ओली सर्वसम्मत भएको निर्वाचन अधिकृत अधिवक्ता गौतमले जानकारी दिए ।