रियल बिरयानीको टेस्ट ताजकृष्ण रेष्टुरेन्टमा पाइन्छ : सञ्चालक भुवन
नेपालगन्ज १ असारः बिरयानीका पारखीहरुका लागि नेपालगन्ज उपमहानगरपालिकामा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालनमा आएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर– १० कैलाली निवासी भुवन जोशी ‘खतिवडा’ ले आफ्नो एकल लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्टले नयाँ स्वादमा भारतको चर्चित ‘हैदरावादी दम’ बिरयानी ग्राहकलाई खुवाउनेछ । जोशीले करिव डेढ दशक जति भारतको हैदराबादमै बसेर आफ्नै रेष्टुरेण्ट चलाएका थिए । त्यहाँ उनले क्याटरिङ तथा कुकिङ सम्बन्धी कामको दक्षता प्राप्त गरे ।
‘हैदरावादी दम बिरयानी बेग्लै तरिकाले पकाइन्छ र यसको स्वाद पनि बेग्लै किसिमको हुन्छ,’ उनले भने ‘मैले हैदरावादमै बसेर यसको दक्षता हासिल गरेको हुँ, अब म आफ्नै स्वदेशमा यसक्षेत्रका ग्राहकलाई हैदरावादी दम बिरयानीको स्वाद चखाउनेछु ।’
हैदरावादी दम बिरयानीका ग्राहकहरु नेपालगन्जमा धेरै रहेको जोशीले बताए । काठमाडौं लगायत विभिन्न शहरबाट नेपालगन्ज आउने पाहुनाले समेत बिरयानी मन पराउने गर्छन् । पछिल्लो समयमा नेपालगन्जमा बिरयानी मन पराउने ग्राहकको संख्या अत्यधिक मात्रामा रहेको छ ।
‘नेपालगन्जको मार्केटमा बिरयानीको माग बढी छ, तर रियल बिरयानीको टेस्ट यहाँ कसैले दिन सकेका छैनन,’ उनले भने ‘नेपालगन्जमा अब बिरयानीका पारखीहरुलाई हामी रियल टेस्ट दिनेछौं ।’ हैदरावादी दम बिरयानीको मुल्य प्रतिप्लेट(ठुलो) २ सय ५० रुपैयाँ पर्ने रेष्टुरेन्टले जनाएको छ । ‘बिरयानीको मुल्य अरुको भन्दा कम र स्वाद राम्रो दिने हाम्रो उद्देश्य हो,’ उनले थपे ।
उक्त रेष्टुरेन्टमा ‘हैदरावादी दम’ बिरयानीका साथै चाइनिजका भेज र ननभेज आइटमहरु, मटन चिल्ली, मटन–६५, थकाली खाना, मःम, सेकुवा, भुटन, तास, हाँसको छोयला लगायत परिकार उपलब्ध रहेको रेष्टुरेन्ट सञ्चालक जोशीले बताए । उक्त रेष्टुरेण्टमा ६० लाख रुपैयाँको हाराहारीमा लगानी लागेको उनले सुनाए ।
स्थानीय सुर्खेतरोडस्थित एसबिआई बैकको सामुन्ने नेपालगन्ज–२ मा अवस्थित उक्त रेष्टुरेण्टको बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएकोछ । सो क्रममा वडा नम्बर–२ का वडाअध्यक्ष मनोजकुमार श्रेष्ठ लगायत अतिथीको पनि उपस्थिती रहेको थियो ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत