नेपालगन्ज ४ असार : नेपाली काँग्रेस क्षेत्र नम्बर–१ बाँकेले राप्तीसोनारी गाउँपालिकाको नवनिर्वाचित नेतृत्वले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गरेको छ ।
क्षेत्रीय सभापति पोषण केसीले आज एक प्रेस विज्ञप्ती निकालेर उक्त कार्य गाउँपालिका र गाउँपालिकाबासीको हकहितमा भएको ठहर गरेको छ ।
सभापति केसीद्वारा जारी प्रेस विज्ञप्तीमा उक्त कार्यलाई जनपक्षीय भएको उल्लेख गर्दै यस प्रकारको कार्यको निरन्तरताको अपेक्षा गरिएको छ । ‘पालिकाले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको तत्परताको उच्च मूल्यांकन गर्दै नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले पनि सो कार्यप्रति ऐक्यवद्धता प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
साथै क्षेत्रीय समितिको आज बसेको बैठकले क्षेत्रीय समितिको तर्फबाट क्षेत्रीय सचिव खुमबहादुर बस्नेतको नेतृत्वमा सात सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
समितिले स्थलगत रुपमा अध्ययन, अवलोकन तथा अनुगमन गरी सम्बन्धित सरोकारवाला पक्षसंग छलफल, अन्तरक्रिया गरी एक हप्ताभित्र अनुमगन प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्रीय सभापति केसीले बताए ।
नदीजन्य पदार्थको अप्राकृतिक एवम् अवैध उत्खनन, ओसारपसार र चोरी निकासीले निम्त्याएको प्राकृतिक विपत्ति, राजश्व चुहावट तथा सर्वसाधारणमा पर्न गएको मूल्यबृद्धिको मारले गर्दा ठूलै समस्याको रुपमा रहेको नदीजन्य पदार्थको संरक्षण, सदुपयोग तथा व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीलाई समेत मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडल नेतृत्वले देखाएको अग्रसरताको स्वागत तथा प्रशंसा भइरहेको छ ।
थप समाचार
नदीजन्य पदार्थ उत्खनन् रोक्ने अभियानको स्वागत
अवैध उत्खनन र ओसार–पसार रोक्ने सरोकारवालाको निर्णय
राप्तीसोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी
नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्तीसोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी