धार्मिक सद्भावको माग राख्दै बर्दियामा युवाद्वारा प्रजिअलाई ज्ञापन पत्र


धार्मिक सद्भावको माग राख्दै बर्दियामा युवाद्वारा प्रजिअलाई ज्ञापन पत्र

गुलरिया (बर्दिया) ७ असार : बर्दियाको गुलरियामा सामाजिक सद्भाव कायम राख्न भन्दै स्थानीय युवाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पछिल्लो समय बर्दियाको गुलरियामा समाजिक तथा धार्मिक सद्भाव विगार्ने गतिविधि बढ्दै गएपछि गुलरियाका स्थानीय युवाहरुले मङ्गलबार बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले नेपाल बहुजातजाती तथा विभिन्न धर्मप्रति आस्था राख्नेहरु लामोसमयदेखि एक अर्काप्रति सम्मान र भाइचारा राख्दै सामाजिक सद्भाव कायम गर्दै आएको अवस्थामा गुलरियाको सामाजिक सद्भाव, सामाजिक सहिष्णुता र धार्मिक आस्थामाथि प्रहार हुने गतिविधि बढ्दै गएको प्रति बर्दियाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराए ।

गुलरियाको सामाजिक सद्भाव विगार्ने, धार्मिक आस्थामाथि प्रहार गरि सामाजिक सहिष्णुता खलल पु¥याउने काम केही ब्यक्ति तथा समुहले गर्दै आएको भन्दै त्यसतर्फ स्थानीय प्रशासन गम्भीर भई गुलरियासहित समग्र बर्दियको धार्मिक सामिाजक सद्भावमाथिको प्रहार रोक्न र कानून बमोजिम त्यस्ता ब्यक्तिलाई कारबाही गर्न उनीहरुले माग गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

ज्ञापन पत्र बुझाउने क्रममा गुलरियाका युवा पंकज यादवले अन्य देशमा देखिएको समस्यालाई नेपालमा ल्याएर केही ब्यक्ति तथा समुहले गुलरियामा सामाजिक तथा धार्मिक द्वन्द्व निम्त्याउन खोजेको भन्दै यस्ता अराजक कार्य गर्ने ब्यक्तिलाई पहिचान गरि कारबाही गरिनुपर्ने बताएका थिए ।

समाजमा सामाजिक सद्भाव कायम राख्नका लागी आफुहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको बताउँदै अर्का युवा सुजित श्रीवास्तवले सामाजिक सद्भाव खलबल्याउने उद्देश्यका साथ लागेका केही ब्यक्ति र समुहलाई समयमै कानूनी कारबाही नगरे गुलरियाको सामाजिक सद्भाको अवस्था थप जटिल बन्ने बताए ।

उनले भने हामी गुलरियाको सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न लागि परेका छौं तर, प्रशासन तथा प्रहरीले सामाजिक सहिष्णुतामाथि खलल पुग्ने गरि हुने गतिविधि यथाशिघ्र नरोके अवस्था असामान्य बन्न सक्ने चिन्ता ब्यक्त गरे ।

गुलरियाका स्थानीय युवाद्वारा बुझाइएको ज्ञापन पत्र बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गुलरियासहित समग्र बर्दियाको सामाजिक, धार्मिक सद्भावमाथि हुने कुनैपनि प्रहारलाई कानूनतः क्षम्य नदिने र त्यस खाले उछृङ्खल कार्य गर्ने जोकोहीलाई पहिचान गरि कानूनी कारबाही गरिने बताए ।