नेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

घरदेखि तारे होटलसम्म होम डेलिभरीको ब्यवस्था


नेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

नेपालगन्ज ८ असार : कोरोना कहरदेखि आक्रान्त बनेको बजारब्यवसाय माथि उठिरहेको बेला नेपालगन्जको कारकाँदोमा अत्याधुनिक सुविधासहितको बिजुली घर सञ्चालनमा आएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदो चोकमा अत्याधुनिक ब्यवस्थापनसहित ठूलो लगानीमा बिजुली घर सञ्चालनमा आएको हो ।

सुस्मिता गिरी सञ्चालक रहेको उक्त बिजुली घरको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले बुधबार एक कार्यक्रमकाबीच विधिवत उद्घाटन गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

नर्सिङमा अष्ट्रेलियाबाट मास्टर्स डिग्री (स्नातकोत्तर) गरि स्वदेश फर्केकी गिरी ब्यापार ब्यवसायमा होमिएकी छिन् । भने उनलाई उनका श्रीमान दामोदर भण्डारीले साथ दिएकाछन् ।

बिजुली घरको औपचारिक उद्घाटन गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष मन्सुरीले उद्योग, व्यवसाय प्रर्बद्धनको कार्यमा बिजुली घर सञ्चालनसंगै थप टेवा पुग्ने धारणा राखे ।

‘हामी समग्र नेपालगन्जको उद्योग ब्यवसायको प्रर्बद्धनमा जुटेका छौं, नेपालगन्जको उद्योग ब्यवसायको भीडमा फरक पहिचान र सेवा प्रदान गर्न खुलेको बिजुली घरले उपभोक्तालाई बिजुलीको सामान खरिद गर्न पसलपिच्छे भौतारिनुपर्ने झन्झट मुक्त गर्नेछ’ संघ अध्यक्ष मन्सुरीले बताए ।

उक्त बिजुली घरबाट बिजुलीका अत्याधुनिक सामाग्रीको विक्री वितरण गरिनुका साथै अर्डर अनुसार होम डेलिभरीको व्यवस्था समेत गरिएकोछ ।

उक्त बिजुली घरमा आधुनिक बिजुलीका सामान सुपथ मूल्यमा विक्री वितरण हुनेछ । विश्वप्रख्यात मल्टिनेशनल लेग्रेण्ड र ओपलका विभिन्न उत्पादनहरु बिक्री गरिने बिजुली घरका सञ्चालक सुस्मिता गिरीले जानकारी दिइन् ।

एक करोड लागतमा सञ्चालनमा आएको बिजुलीघरमा उपभोक्ताको माग अनुरुप गुणस्तरीय विश्वप्रख्यात लेग्रेण्ड कम्पीनीका मुडलर स्विचहरु, ओपल ब्राण्डका लाइटहरुका साथै विभिन्न मोडलका झुमर, वाल लाईट, आउट डोर लाइट तथा सिधै मोबाईल चार्ज गर्न मिल्ने स्विचहरु पाइने सञ्चालक गिरीले जानकारी दिइन् ।

‘बिजुली घरबाट हामीले उपलब्ध गराउने सामाग्रीहरुको गुणस्तरता नै एवान छ, ग्राहकको माग अनुसार विद्युतीय सामाग्रीहरु उपलब्ध गराउने योजना छ’ सञ्चालक गिरीले बताइन् ।

बिजुली घरबाट प्यानल लाईट, सर्फेस लाईट, वाटरप्रुफ फ्लड लाईट, ट्यांकीमा पानी भरिएपछि जनाउ दिने साइरन तथा विद्युत तारसहित विद्युतीय हरेक सामाग्री उपलब्ध गराइने बिजुली घरका सञ्चालक सुस्मिताका श्रीमान नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षसमेत रहेका दामोदर भण्डारीले बताए ।

परिर्वतित समयमा नेपालगन्जमा निर्माण हुने भौतिक संरचना आधुनिकतातर्फ उन्मुखछ । आधुनिक शैलीमा निर्माण हुने घरको सोभा बिजुलीका सामाग्रीले समेत बढाउने भएकाले ग्राहक र बजार मागलाई सम्बोधन गर्न आधुनिक एवम गुणस्तरीय बिजुलीका समाग्री विक्री गर्न बिजुली घर सञ्चालनमा ल्याएको भण्डारीले बताए ।

बिजुली घरको औपचारिक उद्घाटनका क्रममा बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, उद्योगी, ब्यापारि, पत्रकारका पेशागत संघसंगठनका प्रमुख, चिकित्सक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

सद्भाव ग्रुप प्रालिद्वारा बिजुली घरसहित सद्भाव राष्ट्रिय दैनिक, सेतोखरी अनलाईन, सद्भाव प्रिटिङ्ग प्रेस, सद्भाव कलर हाउस(बर्जर पेन्टसको डिलर) र सद्भाव एग्रो फार्म एण्ड रिर्सच सेन्टर सञ्चालनमा रहेकोछ ।