कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कोहलपुर नगरपालिकाले ल्यायो एक अर्ब १६ करोड ७६ लाखको बजेट


कोहलपुर नगरपालिकाले ल्यायो एक अर्ब १६ करोड ७६ लाखको बजेट

कोहलपुर(बाँके) ८ असार : कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रजातान्त्रिक परिपाटीको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्बृद्धिको आकांक्षा पुरा गर्न आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रमुख आचार्यले ‘दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको नगर निर्माण गर्ने सोच र लक्ष्य’ राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गरे ।

नीति तथा कार्यक्रमा जनताको गुनासो सम्बोधन गर्न ‘सिधा कुरा मेयरसंग’ कार्यक्रम सञ्चालन गर्ने, किशोरी प्रजनन् स्वास्थ्यका लागि ‘मेरो पहिलो रजश्वला’, विद्यार्थी टिकाउन ‘विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने’ र ‘मेरो विद्यालय मेरो जिम्मेवारी’ वातावरण संरक्षणका लागि ‘एक घर दुई विरुवा, हामी आफै कुरुवा’ तथा ‘युवाको जवानी कोहलपुरमा लगानी’ नाराका साथ युवाहरुलाई उत्पादन मूलक क्षेत्रमा लाग्ने नीति तथा कार्यक्रमको प्राथमिकता रहेको छ । भने सभाले कोहलपुर नगरपासलिकाको आर्थिक विद्येयक २०७९ पेश भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै आर्थिक वर्ष २०७९/२०८० को विनियोजित विद्येयक कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले एक अर्ब १६ करोड ४६ लाखको बजेट सभा समक्ष पेश गरेकी थिईन् ।

नगरसभाले आन्तररिक राजश्वबाट २० करोड ३१ लाख ९५ हजार, संघीय सरकारबाट प्राप्त ५८ करोड एक लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पाँच करोड १६ हजार गरी ८३ करोड ३३ लाख एघार हजार, नगरविकास कोषको ऋण अनुदान पाँच करोड र संचित कोषमा मौज्दात हुन आउने अनुमान १२ करोड गरेर कुल एक अर्ब १६ करोड ७६ लाखको आय लक्ष्य लिइको बजेट पेश भएको छ ।

संघीय सरकारको निःशर्त तर्फको बजेट ७१ करोड दुई लाख र संघीय सरकारबाट प्राप्त सशर्ततर्फ ३४ करोड ८४ लाख र लुम्विनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त एक करोड दश लाखलाई विभिन्न क्षेत्रगत बिनियोजन गरिएको छ ।

प्रशासनिय खर्च १७ करोड ८० लाख, सामाजिक विकासतर्फ ८ करोड ५२ लाख रहेको छ । यसमा शिक्षामा ६ करोड ३५ लाख, स्वास्थ्यमा एक करोड ३५ लाख, महिला बालबालिका तथा समाज कल्याणमा १८ लाख ५० हजार, आयुर्वेदमा एघार लाख र सामाजिक विकास शाखामा ५२ लाख ५० हजार बजेट विनियोजित गरेको छ ।

आर्थिक विकास शाखामा एक करोड ६० लाख बजेट विनियोजित भएको छ । जसमा कृषि विकासमा ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास ५० लाख र आर्थिक विकास शाखामा ६० लाख रहेको छ ।

पूर्वाधार विकासतर्फ २८ करोड ८६ लाख ५० हजार रहेको छ । जसमा क्रमागत तथा बहुवर्षिय योजनामा १४ करोड एक लाख ५० हजार, ठुला भौतिक पुर्वाधार योजना एघार करोड एक लाख, म्याजिक फण्ड तीन करोड र भैपरि आउने पुँजीगतमा ७५ लाख रहेको छ ।

वातावरण तथा विपद् व्यवस्थापनमा ९९ लाख ५० हजार रहेको छ । वडा स्तरीय योजनमा आठ करोड ३० लाख रहेको छ । नगरस्तरीय चालु योजनाहरुमा चार करोड ९४ लाख रहेको छ । संघीय वित्तिय हस्तान्तरण अन्र्तगत ३६ करोड ९४ लाख रहेको छ । संघीय शसर्त कार्यक्रममा ३४ करोड ८४ लाख, संघीय समपुरक कार्यक्रम ६० लाख, संघीय विशेष अनुदान तर्फका कार्यक्रमहरुमा एक करोड ५० लाख रहेको छ ।

प्रदेश बित्तय हस्तान्तरण अन्र्तगत तीन करोड ८० लाख रहेको छ । जसमा प्रदेश शसर्त कार्यक्रम एक करोड १० लाख, प्रदेश समपुरक कार्यक्रम दुई करोड र प्रदेश अनुदान तर्फका कार्यक्रमहरु सत्तरी लाख रहेको छ ।

साथै कार्यक्रमा शुलभ खाना तथा खाजा घर सञ्चालन गर्ने, नगर पालिकाको विकासका लागि सद्भावना दूत नियूक्त, विज्ञहरुको नीति समूह गठन गरी भावि स्वरुप कस्तो हुने विषयमा दक्ष विज्ञको राय सुझाव लिई प्रारुप तयार पार्न देश विदेशमा रहेका व्यक्तिहरुलाई खुल्ला आह्वान गरी उत्कृष्ट प्रारुप पेश गर्ने दक्ष विज्ञलाई उचित पुरस्कार प्रदान गर्न समेत बजेट विनियोजन गरिएको छ ।

कोहलपुर बजारमा सिसिटिभि जडानका लागी समेत बजेट विनियोजन गरिएको छ । यस्तै सर्पदंश उपचार केन्द्र र रेविज रोगको उपचारकोलागी आवश्यक बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख छात्र वृत्ति कोषको लागी दश लाख बजेट विनियोजन गरिएको छ । श्रम बैंक र युवा रोजगारका लागी बजेट विनियोजन गरिएको छ । कोहलपुर नगर पालिकाको ११औं नगर सभाले नीति तथा कार्यक्रम संसोधन सहित पास गरेको छ भने बजेट पेश भएको थियो । सभा असार १६ गते १३ बजे हुने गरेर स्थगित भएको छ ।