आज नेपालगन्जको नगरसभा, डेढ अर्व बराबरको बजेट ल्याइदैं


आज नेपालगन्जको नगरसभा, डेढ अर्व बराबरको बजेट ल्याइदैं

नेपालगनज ९ असार : नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभा आज (बिहीबार) बस्ने भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा बिहान ११ बजे नगरसभा सुरु हुने नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

‘केहीदिन देखी हामी नगर सभाको तयारीमा थियौं, सभाको सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने । नगर सभामा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम
प्रस्तुत गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै उपप्रमुख कमरुद्दिन राईले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिए ।

उनका अनुसार नगर सभामा डेढ अर्ब बराबरको बजेट प्रस्तुत गरिनेछ । नगर सभामा सभाध्यक्षसहित १ सय १७ जना सदस्य सहभागी हुनेछन् ।