लागुऔषध विरुद्ध डिएसपी मल्ल, कोहलपुरका नामुद कारोबारीसहित तीन जना पक्राउ


लागुऔषध विरुद्ध डिएसपी मल्ल, कोहलपुरका नामुद कारोबारीसहित तीन जना पक्राउ

कोहलपुर ९ असारः बाँकेको कोहलपुरबाट लागुऔषधका नामुद कारोबारीसहित तीन जना पक्राउ परेकाछन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले बिहीबार दिउँसो लागुऔषधका नामुद कारोबारीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ एनटिभी रोड स्थित डेविट खाजा घर सञ्चालन गर्दै आएकी ६६ वर्षीया मिना मल्ल, ३७ वर्षीय उनका छोरा राजेश मल्ल र सोही स्थान बस्ने २७ वर्षीय रमेश खनाल रहेकाछन् ।

पक्राउ पर्ने डेविट खाजा घर सञ्चालक मिना मल्ल कोहलपुर क्षेत्रको नामुद लागुऔषध कारोबारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोहलपुर नगरपालिका वडा नम्बर–११ एनटिभी रोड स्थित डेविट खाजा घरमा लागु औषधको कारोबार भइरहेको छ भन्ने खबर पाएको ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी नायब निरीक्षक गोपाल कुमार मल्लको टोलीले ३ ग्राम ४० मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

‘पक्राउ पर्ने मिनाले लगाएको सुरुवालको दायाँतर्फको खल्तीमा लुकाई छिपाई राखेको पहेलो रङको प्लाष्टिकको डिब्बा भित्र ३९ वटा सेतो प्लाष्टिकका पुडियामा लागुऔषध ब्राउन सुगर फेला परेको थियो’ डिएसपी मल्लले भने–‘प्लाष्टिकसहित तौल गर्दा ४ ग्राम ४१० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ब्राउनसुगरको तौल ३ ग्राम ४० मिलिग्राम हुन आएको थियो ।’

बाँकेमै पछिल्लो समय कोहलपुर क्षेत्रमा लागुऔषध कारोबार, सेवन र ओसारपसार बढ्दै गएकोछ । कोहलपुर क्षेत्रमा डिएसपी मल्ल र उनको टिमको सक्रियता बढेसंगै प्रहरीलाई सफलता मिल्दै गएको हो ।

केही दिनअघि नक्कली सुनका गरगहना विक्री गरि कोहलपुर क्षेत्रमा सुनचाँदी ब्यापारी तथा सर्वसाधरण ठग्ने गिरोहलाई डिएसपी मल्लले पक्रेका थिए । डिएसपी मल्लले ‘सुन अप्रेसन’ चलाएर कोहलपुर क्षेत्रमा नक्कली सुनको गरगहाना बनाई सर्वसाधरण र सुन ब्यापारीलाई समेत ठगि गर्ने गिरोहलाई पक्रिन सफल भएका थिए ।

थप समाचार

डिएसपी मल्लको ‘सुन अप्रेसन’