नेपालगन्ज १२ असार : नेकपा एमाले बाँकेले नागरिकका जनजीविकाका सवाललाई मुद्धा बनाएर जिल्ला प्रशासन कार्यालय बाँकेमा दुई घण्टा घेराउ तथा धर्ना कार्यक्रम गरेको छ ।
एमाले बाँकेले नागरिकका अति आवश्यकीय सवालहरु किसानका लागि मल, वीउ, चर्को मूल्य बृद्धि, महंगी, कालोबजारीकरण, संकटाउन्मुख राष्ट्रियताका जस्ता मुद्धालाई लिएर घेराउ तथा धर्ना कार्यक्रम गरेको हो ।
बाँके जिल्ला कमिटीको बैठकले एक महिने जनजीविका तथा पार्टी सुदृढीकरण अभियान अन्तरगत आईतबार नेपालगन्जमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेको नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
एमाले बाँकेले पार्टीको आन्तिरक कार्यक्रम सहित विभिन्न नागरिक हितका कार्यक्रमहरु यसअघि पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।
एमाले नेता तथा कार्यकर्ताले किसानलाई मल दे, पेट्रोलियम पदार्थको मुल्यबृद्धि अन्त्य गर, चर्को महंगी अन्त्य गर, सबै प्रकारका हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, शान्ति सुरक्षा कायम गर जस्ता नारा सहित धर्ना गरेका थिए ।
धर्ना कार्यक्रममा केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला पार्टी अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत जिल्ला तहका नेता तथा जनगवर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । उक्त विरोधसंगै धर्ना कार्यक्रमको अन्त्यमा पार्टी अध्यक्ष कक्षपतिले संबोधन गरी समापन गरिएको थियो ।
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू