नेपालगन्ज १४ असारः नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि कूल बजेटको १५ प्रतिशत भन्दा बढी वडाको सिलिङ बनाएको छ ।
११ औं नगरसभामा प्रस्तुत नगरको बजेटमा चालु आव २०७८/७९ भन्दा करिब ९ करोडले बढी छ । तर, वडालाई तीन करोड रुपैयाँ घटाइएको छ ।
नगरको कूल बजेट भने एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँ रहेको छ । वडालाई २५ करोड विनियोजन गरिएको छ । जुन कूल बजेटको १५ प्रतिशत हो ।
नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट वडा नम्बर–१८ का लागि विनियोजन गरेकोछ । वडा नम्बर १८ का लागि एक करोड ६३ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको हो ।
उपमहानगरपालिकामा कम बजेट वडा नम्बर–२३ को रहेको छ । यस वडाको कुल बजेट ६४ लाख रहेको छ ।
यस्तै उपमहानगरपालिकाले ११ वटा वडाको बजेट एक करोडभन्दा बढी रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा एक करोड ५५ लाख, वडा नम्बर–४ मा एक करोड ५१ लाख, वडा नम्बर–१ मा एक करोड ४२ लाख, वडा नम्बर–१० मा एक करोड ३१ लाख, वडा नम्बर–१९ मा एक करोड २० लाख, वडा नम्बर– १३ मा एक करोड १९ लाख, वडा नम्बर–२ मा एक करोड १८ लाख, वडा नम्बर–६, १६ र वडा नम्बर–२१ मा एक करोड बढीको बजेट छ ।
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन