नेपालगन्जका ११ वडालाई एक करोड बढी बजेट


नेपालगन्जका ११ वडालाई एक करोड बढी बजेट

नेपालगन्ज १४ असारः नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि कूल बजेटको १५ प्रतिशत भन्दा बढी वडाको सिलिङ बनाएको छ ।

११ औं नगरसभामा प्रस्तुत नगरको बजेटमा चालु आव २०७८/७९ भन्दा करिब ९ करोडले बढी छ । तर, वडालाई तीन करोड रुपैयाँ घटाइएको छ ।

नगरको कूल बजेट भने एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँ रहेको छ । वडालाई २५ करोड विनियोजन गरिएको छ । जुन कूल बजेटको १५ प्रतिशत हो ।

नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट वडा नम्बर–१८ का लागि विनियोजन गरेकोछ । वडा नम्बर १८ का लागि एक करोड ६३ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उपमहानगरपालिकामा कम बजेट वडा नम्बर–२३ को रहेको छ । यस वडाको कुल बजेट ६४ लाख रहेको छ ।

यस्तै उपमहानगरपालिकाले ११ वटा वडाको बजेट एक करोडभन्दा बढी रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा एक करोड ५५ लाख, वडा नम्बर–४ मा एक करोड ५१ लाख, वडा नम्बर–१ मा एक करोड ४२ लाख, वडा नम्बर–१० मा एक करोड ३१ लाख, वडा नम्बर–१९ मा एक करोड २० लाख, वडा नम्बर– १३ मा एक करोड १९ लाख, वडा नम्बर–२ मा एक करोड १८ लाख, वडा नम्बर–६, १६ र वडा नम्बर–२१ मा एक करोड बढीको बजेट छ ।