जमुनाहबाट बरामद ‘अफिमको बीउ’ परीक्षणका लागि काठमाण्डौं पठाइयो


जमुनाहबाट बरामद ‘अफिमको बीउ’ परीक्षणका लागि काठमाण्डौं पठाइयो

नेपालगन्ज २३ असार : अफिमबाट लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने करोडौं मूल्यको ‘अफिमको बीउ’ परीक्षणका लागि काठमाण्डौं पठाइएकोछ ।

गत असार १७ गते ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) माधव रिजालले करोडौं मूल्यको ‘अफिमको बीउ’ नियन्त्रणमा लिन सफल भएका थिए ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेका अनुसार प्रहरीले बरामद गरेको उक्त अफिमको बीउ परीक्षणका लागि काठमाण्डौं पठाएको जानकारी दिए ।

भन्सार अधिकृत न्यौपानेले नेपालगन्जको प्रयोगशालामा अफिमको बियाँ उम्रिने वा नउम्रिने भनेर पत्ता लगाउन नसकेपछि काठमाडौं पठाइएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यता प्रयोगशालाको रिपोर्ट पर्खेर बसेको नेपालगन्ज भन्सार कार्यालयले भारतीय गाडीको मालिक र चालकलाई भने पत्राचार गर्ने तयारी गरेको छ ।

नेपालबाट भारतर्फ तस्करी हुन लागेको ठूलो मात्रामा लागुऔषध ‘अफिमको बीउ’ सहितको आरजे–०९ जिबी–४५४२ नम्बरको भारतीय कण्टेनर गत असार १७ गते शुक्रबार विहान साढे ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

फलामको वाल(पार्टेसन) लगाइएको उक्त कण्टेनर हेर्दा तस्करी गर्न बनाइएको देखिन्छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) रिजालले घनको सहायतामा उक्त ढोकाको लक फोडेर ह्वाईट पप्पी सिडस् प्रडक्ट अफ टर्की लेखिएको सिल प्याक गरि राखिएको २५० थान बोरा बरामद गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त बोराभित्र लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने ‘अफिमको बीउ’ भेटिएको हो यद्यपी उक्त वस्तु ‘अफिमको बीउ’ हो वा होइन भन्नका लागि प्रयोगशाला परीक्षण गर्न प्रहरीले नेपालगन्ज भन्सार कार्यालयलाई जिम्मा लगाएको थियो ।

लागुऔषध कारोबारीका गिरोहले भारतबाट अफिमको बीउ नेपालका दाङ, सल्यान, जाजरकोट, दैलेख, रोल्पा र रुकुम लगायतका क्षेत्रमा पठाइ अफिमको खेती गर्छन् । अफिमबाट उत्पादन भएको अफिमको चोप भारत तस्करी गरि ब्राउन सुगर बनाइन्छ । र, पछि त्यही ब्राउनसुगर नेपालका विभिन्न नाका भएर नेपाल तथा अन्य मुलुकमा तस्करी हुने गरेकोछ ।

थप समाचार

करोडौं मूल्य पर्ने ‘अफिमको बीउ’ जमुनाह प्रहरीद्वारा पक्राउ