अग्रिम हाजिरी गर्ने डाक्टरविरुद्ध बोलेका श्रेष्ठ विरुद्ध कानूनी उपचार खोज्ने संघको चेतावनी


अग्रिम हाजिरी गर्ने डाक्टरविरुद्ध बोलेका श्रेष्ठ विरुद्ध कानूनी उपचार खोज्ने संघको चेतावनी

नेपालगन्ज २५ असार : भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ विरुद्ध कानूनी उपचार खोज्ने नेपाल चिकित्सक संघले चेतावनी दएकोछ ।

समितिका सदस्य श्रेष्ठले आफ्नो पदीय क्षेत्राधिकार भन्दा बाहिर गएर अस्पतालका बरिष्ठ चिकित्सकहरुको मानमर्दन गरेको भन्दै संघले उक्त घटनाको भत्र्सना समते गरेको छ ।

भेरी अस्पतालका वरिष्ठा चिकित्सकसहित कर्मचारीले अग्रिम हाजिरी गरेको पाइएपछि भेरी अस्पतालका चिकित्सक विरुद्ध श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गरेका थिए ।

संघका सचिव डाक्टर दिनेश कुमार चौधरीद्वारा जारी विज्ञप्तीमा भेरी अस्पतालका सदस्य श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् संघका आजिवन सदस्य समेत रहेका भेरी अस्पतालका बरिष्ठ सर्जन डाक्टर सुरेश कुमार नागलगायत बरिष्ठ चिकित्सकहरु समेतको सामाजिक मानमर्दन हुने र मानसिक यातना दिएको भन्दै संघले भत्र्सना गर्दै कानूनी उपचार खोज्ने बताएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

‘अस्पताल विकास समितिको सदस्य जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट आफ्नै अस्पतालका बरिष्ठ चिकित्सकहरुको मानमर्दन हुने गरी सामाजिक सञ्जालमार्फत बदनाम गर्नु असोभनिय र आपत्तीजनक विषय भएको’ विज्ञप्तीमा भनिएको छ ।

संघको विशेष साधरणसभाको बैठकपछि जारी विज्ञप्तीमा सामाजिक सञ्जालको गलत प्रयोग गरी समग्र चिकित्सकहरुको मानमदर्नन हुने कार्य गरेमा कानूनी उपचार खोज्न संघ बाध्य हुने चेतावनी समेत दिइएको छ ।
श्रेष्ठले ५ जुलाईका दिन आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भेरी अस्पतालको गेटको तस्विरसहित स्टाटस लेखेका थिए ।

उनको स्टाटसमा भनिएकोछ –

‘भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेश कुमार नागले विगत देखि नै आफ्नु ड्युटी गर्न समयमा नआउने लापर्बाही गर्ने गरेको पाइएकोले विकाश समितिको तर्फबाट पटक–पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइएकोले डाक्टर सुरेश कुमार नागलाई आवश्यक कारबाही गरिदिन सिफारिश गर्ने भनी मिति २०७८ साउन २२ गते बसेको विकास समितिको निर्णय अनुसार श्री स्वास्थ्य मन्त्रालयमा लेखि पठाइएकोमा हालसम्म पनि कुनै सजाय नभएको अवस्थामा मिति २०७९ असार २० गतेका दिन अस्पताल प्रसाशन शाखामा आई असार २९ गतेसम्मको अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायीत्व र कर्तव्य बिमुख भएको पाइएकोले नियमानुसार कारवाहीका लागि जिल्ला प्रशासन बाँके मार्फत बोधार्थ श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको छ ।
वरिष्ठ डाक्टरहरु नै अटेर गर्ने र आफ्ना निजी अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणले सास्ति भोग्नु परेको छ भने राज्यको सेवा सुबिधा लियर गैह्र जिम्मेवार काम गर्नु गलत हो । यस्ता अटेरी गर्ने जोकोहि कर्मचारीहरुलाई सजग हुन र सम्बन्धित निकायको निरन्तर चासो रहोस् भन्न चाहान्छु । गलत काम गर्नेहरु कारबाहीको भागीदार हुनुपर्ने छ ।’

थप समाचार

भेरीमा प्रशासनको छड्के : डाक्टर शाक्यसहित ६ जनाको अग्रीम हाजिरी भेटियो

अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश

अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई कारबाहीको सिफारिस