नेपालगन्ज १० साउन : कोहलपुर नगरपालिका– १४, ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई दाइभाउजुले हत्या गराएको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लका अनुसार कृष्णका दाइ विजय र भाउजू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा) लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गराएका हुन् ।
कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई ५०/५० हजार रुपैयाँ दिएर बोलाइएको थियो ।
गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको थियो । भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए ।
दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दावी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ ।
थप समाचार
गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश