गडरिया दम्पती मृत्यु घटना : भारतबाट कन्ट्रयाक किलर बोलाएर भाइ र बुहारीको हत्या


गडरिया दम्पती मृत्यु घटना : भारतबाट कन्ट्रयाक किलर बोलाएर भाइ र बुहारीको हत्या

नेपालगन्ज १० साउन : कोहलपुर नगरपालिका– १४, ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई दाइभाउजुले हत्या गराएको खुलेको छ ।

ईलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लका अनुसार कृष्णका दाइ विजय र भाउजू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा) लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गराएका हुन् ।

कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई ५०/५० हजार रुपैयाँ दिएर बोलाइएको थियो ।

गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको थियो । भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दावी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ ।

थप समाचार

गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी