घुस लिएको आरोपमा इञ्जिनियरविरूद्ध मुद्दा


घुस लिएको आरोपमा इञ्जिनियरविरूद्ध मुद्दा

नेपालगन्ज १२ साउन : अख्तियार दुरूपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनियर नवन डाँगीविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इञ्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेस गर्दा घुस मागेको पाइएको छ ।

आयोगका अनुसार सुरूमा ५० हजार रुपैयाँ बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार ५०० रुपैयाँ बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत असार २४ गते रोल्पाको गंगादेव गाउँपालिका कार्यालयमा कार्यरत इञ्जिनियर डाँगीलाई सेवाग्राहीबाट लिएको घुस रकम ५० हजारसहित पक्राउ गरिएको समाचार सेतोखरीले सार्वजनिक गरेको थियो ।

थप समाचार

अख्तियारद्वारा ५० हजार घुससहित ईन्जिनियर पक्राउ