ज्यान बचाउन बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय


ज्यान बचाउन बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय

राप्तीसोनारी (बाँके) ९ पुष : पछिल्लो समय बाँके र बर्दियामा बाघ आक्रमणका घटनामा बृद्धि भएकाछन् । बाघ आक्रमणका कारण निकुञ्ज, राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र तथा आसपास त्रासको वातावरण सिर्जना भएकोछ । यही त्रासकाबीच यतिबेला बाँके र बर्दियामा बाघ गणना चलिरहेकोछ।

निकुञ्ज तथा राष्ट्रिय वनमा मात्र नभएर मानव बस्तीमा समेत बाघ प्रवेश गरि आतंक मच्चाइरहेका बेला बाँकेका राप्तीसोनारी गाउँपालिकामा बाघबाट बच्न भन्दै बाघ धपाउने कार्यलाई तिव्रता दिइएकोछ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ५ स्थित समय भवानी सामुदायिक वनमा बाघले पटकपटक आक्रमण गर्न थालेपछि बाघ धपाउन थालिएको हो । बाँके राष्ट्रिय निकुञ्ज प्रशासनको सहयोगमा स्थानीयहरुले बाघ धपाउन थालेका छन् । निकुञ्जले हात्ती प्रयोग गरी सामुदायिक वनबाट बाघ निकुञ्जतर्फ धपाउने प्रयास जारी राखेकोछ ।

यसअघि पुष ३ गते शनिबार बाँकेको जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर–५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला बाँच्न सफल भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टीयो तर, अन्य दिनको तुलनामा मोटरसाईकल अलि तिब्र गतिमा रहेकाले बाघको पञ्जा उनको शरिरमा नपरि मोटरसाईकलको चक्का छोप्ने भागमा परेर बाघ भुईमा पछारिदा उनी बाँच्न सफल भएका हुन् ।

बाँकेमा बाघ आक्रमणको घटनामा बृद्धि हुदैँ गएकोछ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएका बेला निकुञ्ज बाहेक राष्ट्रिय वनमा लगातार बाघ भेटिनुले बाँकेमा राष्ट्रिय निकुञ्ज सहित राष्ट्रिय वनमा बाघको आक्रमण र त्रास बढ्दै गएकोछ ।

यसअघि बाँकेको पूर्वी क्षेत्र नरैनापुरमा बाघले एक जना मान्छे र एउटा गाई खाएको थियो । कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको हो ।

ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो ।

राष्ट्रिय जङ्गलमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ । तर, अझैसम्म उक्त बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

नरैनापुर क्षेत्रमा बाघ आक्रमणबाट मान्छे मृत्यु भएको यो सम्भवत पहिलो घटना हो । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकस्थल गोर्बद्धन धाम, बरफानी बाबा समेत रहकोछ । नरैनापुरमा बाघ आक्रमणको घटना सेलाउन नपाउँदै नेपालगन्जदेखि पूर्व २०–२५ किमीको दूरीमा रहेको फत्तेपुरको आलीनगर क्षेत्रमा बाघ देखिएपछि यतिबेला सो क्षेत्रमा बाघको त्रास फैलिएकोछ ।

थप समाचार

मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन

बाँकेपछि दाङको रिहार–अमिलिया सडकमा चितुवा र बाघको समूह फेला पर्यो

फत्तेपुर क्यामपस प्रमुख बटालालाई बाघले झम्ट्यो

पाटेबाघको आक्रमणबाट बच्न रुखमा चढेका तीन जनाको सकुसल उद्धार

बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरि बाघ गणना गरिदैँ