प्रहरी हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त पक्राउ


प्रहरी हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त पक्राउ

नेपालगन्ज २३ साउन : प्रहरी हिरासतबाट फरार जबरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका–८ बस्ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनलाई बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारतको सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको टोलीले आज(सोमबार) दिउँसो करिब सवा १२ बजे पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

खाँलाई बलात्कारको अभियोगमा बाँकेबाट पक्राउ गरि बर्दिया ल्याइएको थियो ।

प्रहरी हिरासतमा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्त खाँ गत साउन ९ गते विहान करिब ११ बजे खाना खुवाउने समयमा ड्यूटीमा रहेको सेन्ट्रीलाई झुक्याई फरार भएका थिए ।

खाँ फरार भएपछि बर्दिया प्रहरीले घटना लुकाउन खोजे पनि असफल हुँदा घटना बाहिरिएको थियो । पक्राउ परेका खाँलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

हिरासतबाट बलात्कार मुद्दाका थुनुवा फरार