हिरासतबाट बलात्कार मुद्दाका थुनुवा फरार


हिरासतबाट बलात्कार मुद्दाका थुनुवा फरार

बर्दिया १० साउन : ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन् ।

गत असार २३ गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका बाँके खजुरा गाँउपालिका–८ का २६ वर्षिय अब्दुल खाँ दिउँसै हिरासत कक्षबाट भाग्न सफल भएका हुन् ।

खाँ सोमबार बिहान ११ बजेतिर थुनुवा कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्यप्रसाद सुवेदीलले बताए ।

खाँलाई बलात्कारको अभियोगमा बाँकेबाट पक्राउ गरि बर्दिया ल्याइएको थियो । प्रहरीले खाँ फरार भएको घटना लुकाउन खोजेको भएपनि सार्वजनिक भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीले खाँको खोजी कार्य जारी राखेको जनाएको छ । जिल्लामा नेतृत्वको लापरबाहीका कारण नै खाँ भाग्न सफल भएको प्रहरी वृतमा चर्चा चलेको छ ।