बर्दिया १० साउन : ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन् ।
गत असार २३ गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका बाँके खजुरा गाँउपालिका–८ का २६ वर्षिय अब्दुल खाँ दिउँसै हिरासत कक्षबाट भाग्न सफल भएका हुन् ।
खाँ सोमबार बिहान ११ बजेतिर थुनुवा कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्यप्रसाद सुवेदीलले बताए ।
खाँलाई बलात्कारको अभियोगमा बाँकेबाट पक्राउ गरि बर्दिया ल्याइएको थियो । प्रहरीले खाँ फरार भएको घटना लुकाउन खोजेको भएपनि सार्वजनिक भएको थियो ।
प्रहरीले खाँको खोजी कार्य जारी राखेको जनाएको छ । जिल्लामा नेतृत्वको लापरबाहीका कारण नै खाँ भाग्न सफल भएको प्रहरी वृतमा चर्चा चलेको छ ।
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्
काँग्रेस महामन्त्रीकाे दौडमा अमरसिंह- को हुन् उनि?
राप्ती प्रतिष्ठानमा ‘बेवारिसे’ बिरामी, लाखौं बक्यौता भएपछि परिवार खोज्न गुहार
एक महिनादेखि पछ्याइरहेको थियो प्रहरीले, नेपालगन्जमा ३ जना भारतीय ‘ड्रग्स’ कारोबारी समातिए
महाकालीले छिन्यो सुदूरपश्चिमको एउटा इतिहास
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ