कोहलपुर–सुर्खेत सडकखण्ड : वन्यजन्तुको आक्रमण बढेपछि रात्रिकालिन यात्रामा रोक


कोहलपुर–सुर्खेत सडकखण्ड : वन्यजन्तुको आक्रमण बढेपछि रात्रिकालिन यात्रामा रोक

File Photo

नेपालगन्ज ३१ साउन : वन्यजन्तुको आक्रमण बढेपछि बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा गत वर्षको भदौ २८ गते सोमबारदेखि रात्रिकालिन आवागमनमा रोक लगाइएकोछ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ । यो राजमार्गमा सवारी साधन रातदिन गुड्ने भएकोले वन्यजन्तु उच्च जोखिम छन् ।

सो क्षेत्रमा पटक–पटक पाटेबाघको आक्रमण हुनु र मानव बस्तीमा पाटेबाघ पस्दै आएपछि बाँके राष्ट्रिय निकुञ्जले सर्वसाधरणको सुरक्षाका लागि भन्दै यस्तो गरेको हो ।

बाँकेमा बढ्दो वन्यजन्तु आक्रमणको घटना सेलाउन नपाउँदै कोहलपुर–सुर्खेत सडकखण्डमा समेत वन्यजन्तुको आक्रमण बढेपछि यतिबेला जिल्ला प्रशासन कार्यालय सुर्खेतले उक्त सडकखण्डमा रात्रिकालिन यात्रामा रोक लगाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

आईतबार जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि त्यसको विरोध गर्दै स्थानीयले सुर्खेतको बबई पुलमा सडक अवरुद्ध गरेर आन्दोलनमा सोमबार उत्रिएका थिए ।

प्रशासनका अनुसार आईतरबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि ओलीको आफ्नो घरदेखि करिब तीन–चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो ।

कोहलपुर–सुर्खेत सडकखण्ड (रत्न राजमार्ग)मा यसअघि पनि पटक–पटक वन्यजन्तुको आक्रमण र सडकमै पाटेबाघ देखिएपछि सो क्षेत्र भएर यात्रा गर्ने यात्रु जोखिममा पर्दै आएका थिए ।

स्थानीयबासीको अवरोध र मागलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो ।

जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै रत्न राजमार्ग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा रातको समयमा मोटरसाइकल तथा एक्लै यात्रा गर्न रोक लगाएको हो ।

प्रशासनमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)लाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि–पछाडि रही सञ्चालन गर्ने निर्णय गर्दै व्यवस्थाको लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोहलपुर–सुर्खेत सडकखण्डको देउरालीदेखी हर्रेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दछ ।

थप समाचार

निकुञ्जमा टाइमकार्ड : होटल र बस्ती बाधक