बढैयतालका करारका कर्मचारी आन्दोलित, गाउँपालिकामा लगाए ताला

जवाफ दिदैनन् पालिका अध्यक्ष हिमालय, कार्यालय आउन छाडे प्रमुख प्रशासकीय अधिकृत धर्मराज, सर्वसाधरणलाई सास्ती


बढैयतालका करारका कर्मचारी आन्दोलित, गाउँपालिकामा लगाए ताला

बर्दिया १५ भदौ : बर्दियाको बढैयाताल गाँउपालिकामा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मनोमानी एंव दादागीरीका कारण कर्मचारीमात्र होइन सर्वसाधारण नागरिकले समेत सास्ती भोग्नु परेको छ ।

गाँउपालिकामा समायोजन भई आएका कर्मचारी र २०७४ सालपछि राखिएका कर्मचारीको बेरुजु आएको भन्दै काम गर्नमा रोक लगाउनुका साथै तलब निकासा नदिएका कारण आक्रोशित कर्मचारीले कामकाज ठप्प पारेपछि सेवाग्राही मारमा परेका हुन् ।

बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आफ्नो मनपरी तरिकाले तत्कालिन अवस्थामा जिल्ला विकास समितिमा काम गरेका कर्मचारी स्थानीय तहमा गएका कर्मचारीहरुलाई समेत हाजिर हुन नदिएका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् ।

कामका लागी आफुले वडाबाट सिफारिस ल्याएको तर, कार्यालय बन्द भएका कारण समस्यामा परेको बढैयाताल–१ का सुमन परियाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गाँउपालिकामा रहेका ९४ जना तथा करारका कर्मचारीहरुलाई विना कारण मनपरी ढंगले विभिन्न बहानाको नाममा म्याद थप नगरिएको भन्दै कर्मचारीहरुले कार्यालयको मुल गेटमा तालाबन्दी गरेकाछन् । उनीहरुको तालाबन्दीका कारण कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प भएको छ ।

गाँउपालिका अध्यक्ष हिमालयले यस विषयमा केही नबोल्ने भन्दै पन्छिएका छन् भने प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि कार्यलयमा नआएको बताइएको छ ।

यतिबेला कर्मचारीहरुले विभिन्न ५ बुँदे माग राख्दै मुल गेटमा नै धर्ना दिएका छन् । पालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले लेखा अधिकृत नारायणराज त्रिपाठीलाई निमित्त सुम्पेको बताइएको छ ।

पालिकामा पालिका प्रमुख हिमालय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज र लेखा अधिकृत नारायणराजले मनोमानी ढंगले र आफ्नो अनुकुलको मान्छे राख्नको लागी यो प्रोपोगाण्ड गरेको आन्दोलित कर्मचारीले आरोप लगाएकाछन् ।

करार कर्मचारीहरुको संयुक्त संघर्ष समिति नाम दिइएको उक्त समितिले शान्तिपूर्ण धर्ना अभियान नै चलाएकाछन् । मुख्य ५ बुँदे माग सहित धर्नामा बसेका कर्मचारीले गाउँपालिकाको मुख्य गेटमै ताला र ब्यनार बाँधेर आन्दोलन गरिरहेकाछन् ।

उनीहरुले आफ्ना माग सम्बोधन नभए धर्नाको स्वरुप परिर्वतन गरि सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएकाछन् ।

धर्नामा बेसका करारका कर्मचारीहरुको माग यस्तो छ
१.तत्काल करार म्याद थप गरियोस्,
२.श्रमशोषण नगरी नेपाल सरकारले तोके अनुसार पारीश्रमिक व्यवस्था गरियोस् ।
३.करार कर्मचारीहरुको दीर्घकालिन व्यवस्था गरियोस् ।
४.कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतबस विभिन्न आरेपसहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविक अनुसरा नै कामकाज गर्ने गरी तुरुन्त करार गरियोस् ।
५.करार कर्मचारीहरुको सम्बन्धमा सम्मानीत उच्च अदालत नेपालगन्ज ईजलासबाट गरिएको विभिन्न मितका आदेश कार्यान्वयन गरियोस् ।

थप समाचार

अझै पाइनन् पुष्पाले पारीश्रमिक, अदालतको फैसला विरुद्ध अघि बढ्यो बढैया गाँउपालिका

अदालतको आदेश लत्याउँदै बढैयाताल गाउँपालिका : शर्मामाथि चरम श्रमशोषण, १४ महिनाको तलब दिन मानेन