बाँके प्रदेश सभा–३ बाट यी हुन् काँग्रेसले सिफारिस गरेका उम्मेदवार


बाँके प्रदेश सभा–३ बाट यी हुन् काँग्रेसले सिफारिस गरेका उम्मेदवार

नेपालगन्ज १६ भदौः आसन्न प्रदेश सभाको निर्वाचनका लागि बाँकेको प्रदेश सभा–३ ‘क’ र ‘ख’ बाट नेपाली काँग्रेसले सम्भावित उम्मेदवार सिफारिस गरेको छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ सम्पन्न गर्दैछ ।

उक्त निर्वाचनका लागि काँग्रेसले प्रदेश सभा–३ ‘क’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा कपीलदेव शर्माको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा चन्तराम थारु, केशवकुमार शाह, बिनोदकुमार थारु, टंकप्रसाद काफ्ले ‘आशिष’, देवबहादुर केसी, टिकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ भावना चौधरी(थारु महिला), कृष्णप्रसाद सापकोटा (खस आर्य), दशरथ थारु(थारु), पवनकुमार थारु(थारु), श्रीदेवी थारु (थारु महिला), नाज्मा खातुन (मुस्लिम महिला), कोपिला शर्मा (महिला) र कमला हमाल(महिला) मा सिफारिस गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

क्षेत्र नम्बर–३ कार्यसमितिलाई सिफारिस गरिएको उक्त नामावली जिल्ला कार्यसमिति बाँके हुदैँ लुम्बिनी प्रदेश कार्यसमितिमा पठाइने बताइएको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश सभा–३ ‘क’ बाट चन्तराम थारुलाई उम्मेदवार बनाएको थियो । उनलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी)ले पराजित गरेका थिए ।

यसैबीच प्रदेश सभा–३ ‘ख’ बाट नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । उक्त निर्वाचनका लागि काँग्रेस प्रदेश सभा–३ ‘ख’ कार्यसमितिले बुधबार औपचारिक रुपमा नाम सिफारिस गरेको हो ।

प्रदेश सभा–३ ‘ख’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा दुखिराम लोनियाको नाम सिफारिसमा परेको छ । यस्तै दोस्रो नम्बरमा रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् ।

यसैगरी समानुपातिक तर्फबाट भिमबहादुर बिक(दलित), रमेशकुमार सिजाली(जनजाती), नरबहादुर खड्का (खस आर्य), धर्मराज सुनार(दलित), मो. कमाल अन्सारी (मुस्लिम), रामचन्द्र गुप्ता(मधेसी) तथा उमा थापामगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले जानकारी दिए । उनीहरुको नाम क्षेत्र नम्बर– ३ कार्यसमितिलाई सिफारिस गरिएको उनले बताए ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश सभा–३ ‘ख’ बाट नेता लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको थियो । शाहलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतमले पराजित गरेका थिए ।

थप समाचार

बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’

बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चेपुवामा काँग्रेस

बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो

बाँके क्षेत्र–३ मा विरासत जोगाउन काँग्रेसमा नयाँ र पुराना अनुहारको चर्चा